चितवन : नेपाली कांग्रेस, चितवनको सभापतिका लागि पुनः मतदान हुने भएको छ। सभापतिका ५ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शनिबार ९आज० मतदान हुने भएको हो।
जिल्ला निर्वाचन परिचालन समिति, चितवनका अनुसार शुक्रबार खसेको २ हजार ८ सय २० मतमध्ये राजेश्वर खनालले सबैभन्दा धेरै ७ सय ४६ र मिलनबाबु श्रेष्ठले ६ सय ६२ मत ल्याएका थिए । यस्तै उत्तम जोशीले ४ सय ७२, डा सूर्यकान्त घिमिरेले ४ सय २६, कैलाश कोइरालाले ४ सय १२ मत पाएका थिए । भने १०१ मत बदर भएको थियो ।
दोस्रो चरणको मतदान आज दिउसो साढे १२ बजेदेखि साढे ४ बजेसम्म हुने जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पहिलो चरणको मतदानबाट विजेता राजेश्वर खनाल र उपविजेता मिलनबाबु श्रेष्ठ बीच दोस्रो चरणको मतदान हुनेछ ।