
चितवन : इच्छाकामनाका गाउँपालिका अध्यक्ष गीता कमारी गुरुङ नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
शुक्रबार सम्पन्न नेपाली कांग्रेस चितवनको १४ औं जिल्ला अधिवेशन अन्तरगत आज बिहान आएको मतपरिणाम अनुसार सर्वाधिक मतका साथ निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा महिलातर्फ २ जनाको कोटामा ३ जनाको प्रतिस्पर्धा भएको थियो। गुरुङले महिलातर्फ सर्वाधिक ५ सय ४८ मत ल्याएन सफल हुनुभयो । यस्तै अर्को १ जना सदस्यमा ५ सय १८ मतका साथ महिला अधिकारकर्मी मिना खरेल निर्वाचित हुनुभएको छ ।