देश / समाज

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा बिहानैदेखि तीर्थयात्रीको घुइँचो

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा बिहानैदेखि तीर्थयात्रीको घुइँचो
काठमाडौँ :  महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टर...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
पोखरा, ३ फागुन । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो ।

ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी र आमा घाइते

ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी र आमा घाइते
काठमाडौँ  :  नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद चन्द्र भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो।भण्डारीको ८६ वर्षकी आमासमेत घाइते भएकी छन्। उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालमा उपचार जारी छ।कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए। महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेको स्वास्...

नेपाल भारत मैत्रीपूर्णखेलमा २–२ गोलको बराबरी

नेपाल भारत मैत्रीपूर्णखेलमा २–२ गोलको बराबरी
काठमाडौँ  :  नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा २– २ गोलले बराबरी खेलेको छ। ​चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा दुवै टोलीले पाएका अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। तर दोस्रो हाफमा भारतले २ गोल गर्दै खेलमा अग्रता लियो। गोल फर्काउन भरमग्दुर प्रयास गरे पनि नसकेको नेपाली टोलीले अन्तिम समयतिर पाएको पेनाल्टीलाई सावित्रा भण्डारी ‘साम्बा’ ले कुनै गल्ति नगरी गोल गरिन्। डि(बक्समा भारतीय खेलाडीको ह्यान्ड भएपछि नेपालले पेनाल्टी पाएको थियो। ...

चितवनमा धमाधम पक्राउ पर्दै फरार अभियुक्त

चितवनमा धमाधम पक्राउ पर्दै फरार अभियुक्त
चितवन  :  प्रहरीले दुई जना फारार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला अदालतबाट २०७७ चैत १२ गतेको फैसलाले लागू औषध कसुरमा ६ बर्ष १० महिना ६ दिन कैद र रु. ७०,०००।– जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर महानगरपालिका . वडा नं. २४ बस्ने पदम बहादुर तामाङ र २०७७माघ १५ गते गतेको फैसलाले सवारी ज्यान कसुरमा २ बर्ष ११ महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर महानगरपालिका २८ बस्ने हरी प्रसाद काफ्लेलाइ पक्राउ परेक...

नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने

नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
चितवन :  नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम...

दोश्रो बलमै विकेट लिगेपछी सन्दिपको आँखामा टिलपिल आँसु।

दोश्रो बलमै विकेट लिगेपछी सन्दिपको आँखामा टिलपिल आँसु।
विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा लामोसमय पछि मैदानमा छिरेका स्टार खेलाडी सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएपछि उनी भावुक भएका थिए।                                                                                       ११ औँ ओभरमा बलिङमा आएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे। त्यसअघि नामिबियाले १० ओभरमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो। सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए। भने यो खवर तयार पार्दा सम्म तीन ओभरमा जम्म...

इच्छाकामनामा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाइयो

इच्छाकामनामा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाइयो
इच्छाकामना, १ फागुन । जनयुद्ध दिवसको अवसरमा चितवनको इच्छाकामनामा दीप प्रज्वलन गरेका छन् । नेकपा माओवादी केन्द्र इच्छाकामनाले कुरिनटारमा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाएका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र इच्छाकामनाका नेता तथा कार्यर्ता र शुभचिन्तकहरुको उपस्थिति रहेका थिए ।

जनयुद्ध दिवसको अवसरमा गण्डकी गाउँपालिकामा नागरिक सम्मान

जनयुद्ध दिवसको अवसरमा  गण्डकी गाउँपालिकामा  नागरिक सम्मान
गण्डकी ,१ फागुन । गोरखाको गण्डकी गाउँपालिकाले विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको छ । सहिद ,बेपत्ता द्धन्द्ध पीडित, संघसंस्थालाई जग्गा दान गर्ने व्यक्तित्वहरु, पूर्व जनप्रतिनिधि, गत बर्ष एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एक/एक जना छात्र /छात्रा तथा विषयगत शिक्षक, गत बर्ष गाउँपालिकाबाट लिएको आधरभूत तह (कक्षा १–८)मा उत्कृष्ट नतिजा ल्याउने एक÷एक जना छात्र÷छात्रा,उत्कृष्ट नतिजा ल्याउने एक विद्यालय तथा विषयगत शिक्षक र तेश्रो रष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका विजेता वि...

इच्छाकामनामा सप्ताहाव्यापी पि.पि.आर खोप अभियान सुरु

इच्छाकामनामा सप्ताहाव्यापी पि.पि.आर खोप अभियान सुरु
इच्छाकामना, १ फागुन । चितवनको इच्छाकामनामा पनि पि.पि.आर खोप अभियान सुरु भएको छ । बागमती प्रदेशभर आजदेखि सुरु भएको सप्ताहाव्यापी पि.पि.आर  खोप अभियान इच्छाकामनामा पनि सुरु भएको हो । इच्छाकामना गाउँपालिकामा तोकिएको ७ वटा खोप केन्द्र मध्ये कुरिनटार खोप केन्द्र वडा नम्बर ४ बाट पहिलो स्थान बनाई एक कार्यक्रमकाबिच बाख्राहरुमा पि.पि.आर खोप लगाउने अभियान सुरु गरिएको हो । गाउँपालिका उपाध्यक्ष माया सिलवालको अध्यक्षता तथा वडा नम्बर ३ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता नर बहादुर नेपाल...