चितवन  :  प्रहरीले दुई जना फारार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला अदालतबाट २०७७ चैत १२ गतेको फैसलाले लागू औषध कसुरमा ६ बर्ष १० महिना ६ दिन कैद र रु. ७०,०००।– जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर महानगरपालिका . वडा नं. २४ बस्ने पदम बहादुर तामाङ र २०७७माघ १५ गते गतेको फैसलाले सवारी ज्यान कसुरमा २ बर्ष ११ महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर महानगरपालिका २८ बस्ने हरी प्रसाद काफ्लेलाइ पक्राउ परेका हुन् । उनिहरुलाई नियन्त्रणमा लिई उक्त कैद भुक्तानको लागि आज जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
हिजो मात्र प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरि कैद भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराएका थिए ।