देश / समाज

तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी

तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी
तनहुँ :  महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी गरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ । सम्झौताअनुसारको ७५ प्रतिशत काम सकिएको र कालापत्रे गरेपछि सबै काम पूरा हुने साइड इञ्चार्ज शिव रिजालले जानकारी दिए । उक्त सडकखण्डमा यही फागुन २० गतेबाट कालोपत्र सुरु गर्ने तयारी गरिएको ...

आज हल्का हिमपात र बर्षाको सम्भावना

आज हल्का हिमपात र बर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक– दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का ...

आज ४१ औँ मगर दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

आज ४१ औँ मगर दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं  :  मगर समुदायले सोमबार ४१ औँ मगर दिवस मनाउँदैछ। नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन्। स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनेतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत वेशभूषासहितको र्‍याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ...

अभिनेता पल शाहलाई उच्च अदालतबाट सफाइ, जेल मुक्त हुने

अभिनेता पल शाहलाई उच्च अदालतबाट सफाइ, जेल मुक्त हुने
  काठमाडौं,१४ फागुन । बाल यौन दुर्व्यवहारको आरोप लागेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । बलात्कारको अभ...

नेपालको अवस्था

नेपालको अवस्था
सुवर्ण इतिहास बोकेको मेरो देश नेपाल वर्तमानमा कुरै गर्न नसकिने छ यसको हाल यसको जिम्मा कसले लिने पाए सबै यसलाई नै सोसी हिड्ने। भन्छन् सबै यसले पाएको छ श्राप सतीको भन्छु म हुन त होनि यो देश पनि पशुपतिको खुसी छन् सबै लगाउन दोष अरूलाई उत्तर दिन्छु म किन जितायौ त त्यै ठगहरुलाई। नेता त छन् व्यस्त हुनलाई भ्रष्ट तर जनताको पनि कमी छ भनेर कहिले हुने हामी प्रष्ट मेरो देश भित्रभित्रै खोक्कृसक्यो सधैँ उच्च रहने पृथ्वी नारायणको शिर पनि झोकृसक्यो। कठै मेरो ...

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर ,वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर ,वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा
काठमाडौँ  :  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा रीता थापा मगर निर्वाचित भएकी छन्। उनी सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी हुन्।महाधिवेशन धादिङमा भइरहेको छ। महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मालाई सर्वसम्मत चुनेको छ। त्यस्तै, रामजी खाँण, राधिका हमाल, सुवास केसी र दीपक खड्का उपाध्यक्ष चुनिएका छन्। महासचिवमा शिव हमाल पनि सर्वसम्मत भएका छन्। बाँकी पदहरुमा भने सर्वसम्मत हुन नसकेपछि चुनाव हुँदैछ।

प्रेस सेन्टर चितवनको साधारणसभा तथा बनभोज कार्यक्रम, विभिन्न व्यक्तित्वहरु सम्मानित

प्रेस सेन्टर चितवनको साधारणसभा तथा बनभोज कार्यक्रम,  विभिन्न व्यक्तित्वहरु सम्मानित
चितवन, १३ फागुन । प्रेस सेन्टर नेपाल चितवन शाखाले पत्रकारिता क्षेत्रमा योगदान गर्नु हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शनिबार भरतपुरको जलदेवि सामुदायिक वनको पार्कमा सम्पन्न साधारणसभा तथा बनभोज कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, केन्द्रीय सदस्य प्रकाशमणि ज्ञावली, सन्तोष देउजा, अग्रज पत्रकार चिन्तामणि पौडेल, वागमती प्रदेशका सचिव सुमन गैरे, प्रेस सेन्टरका वागतमी प्रदेश अनुसाशन अयोगका सदस्य...

इच्छाकामनामा मानव अधिकार समूहको समस्या पहिचानको सम्बन्धी कार्यक्रम सम्पन्न

इच्छाकामनामा मानव अधिकार समूहको समस्या पहिचानको सम्बन्धी कार्यक्रम सम्पन्न
इच्छाकामना :  चितवनको इच्छाकामनामा “मानव अधिकार शिक्षा कार्यक्रम“ मानव अधिकार समुहको समस्या ,पहिचान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहको समस्या पहिचान गर्न, समस्या उजागर गर्न, समूहको कार्ययोजना निर्माण गर्न इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को कार्यालय चुम्लिङटारको सभाहलमा शुक्रबार कार्ययोजना कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्थानिय तहमा मानव अधिकार समूहरुको समस्या, आगामी कार्ययोजना, यहाँका स्थानियले भोगेको समस्याको सामाधान गर्न कस्ता र कसरी पहल गर्न...

राष्ट्रपति निर्वाचन : उम्मेदवार टुंगो लगाउन दलहरुको निर्णायक वार्ता आज

राष्ट्रपति निर्वाचन : उम्मेदवार टुंगो लगाउन दलहरुको निर्णायक वार्ता आज
काठमाडौं  :  राष्ट्रपति निर्वाचनका लागि दलहरु आज निर्णायक छलफलमा जुट्ने भएका छन्। विभिन्न दलसँग छलफल गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सबैजसो दलसँग निर्णायक छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी गरेका छन्। राष्ट्रपति पदका लागि निर्णायक मत भएका प्रधानमन्त्री प्रचण्ड आफै सक्रियताका साथ लागेका हुन्। प्रचण्डले हिजो नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त तथा एक्लाएक्लै छलफल गरेका थिए। त्यस्तै बुधबार प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल...

आजको मौसम : हल्का बर्षा र हिमपातको सम्भावना

आजको मौसम :  हल्का बर्षा र हिमपातको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले प्रदेश एक र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो प्रदेश एकको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक र गण्डकी प्...