आठ दलले सातै प्रदेशका सांसदसँग अभिमुखीकरण कार्यक्रम गर्दै
काठमाडौं : आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आज सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ।
हिजो काठमाडौंमा संघीय संसद सदस्यका लागि अभिमुखीकरण गरेको गठबन्धनले आज प्रदेशसभा सदस्य लक्षित कार्यक्रम गर्न लागेको नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए। अभिमुखीकरणका लागि गठबन्धनका नेताहरु प्रदेश राजधानी पुगेका छन्। सबैजसो प्रदेशमा हुने कार्यक्रमको संयोजन कांग्रेस पदाधिकारीले गर्ने तयारी छ।
नेपाली कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्व...









