देश / समाज

डिजिटल माध्यम मार्फत कर भुक्तानी गर्न सकिने गोरखाकै पहिलो गण्डकी गाउँपालिका

डिजिटल माध्यम मार्फत कर  भुक्तानी गर्न सकिने गोरखाकै पहिलो गण्डकी गाउँपालिका
गण्डकी, ११ फागुन । गोरखाको गण्डकी गाउँपालिका जिल्लाकै पहिलो डिजिटल अनलाइन माध्यम मार्फत कर र राजश्व भुक्तानी गर्न सकिने स्थानिय तह बनेको छ । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले डिजिटल अनलाइन माध्यम मार्फत नै भुक्तानी गर्न सकिने गण्डकी गाउँपालिकामै पहिलो पटक सुरु भएको बताउनुभएको हो ।गोरखाका अन्य पालिकाले यो प्रविधिबाट कर तिर्ने सुरुवात गरेका छैनन् । साथै गाउँपालिकामा व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण शिविर सुरु भएको छ । आज गण्डकी गाउँपालिकाको कार्यालयमा एक क...

आँबुखैरेनीबाट लागूऔषध गाँजा सहित दुई जना पक्राउ

आँबुखैरेनीबाट लागूऔषध गाँजा सहित दुई जना पक्राउ
आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका– ४ बेनिटारबाट अवैध लागूऔषध गाँजासहित दुर्इै जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पर्वतको मधुपुवा गाउँपालिका– ८ बस्ने २९ वर्षीय दिवश गुरङ र २४ वर्षीय बिशाल सुनारलाई करिब ७ केजी ३०५ ग्राम गाँजासहित पक्राउ गरेका हुन् । गएराती अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग.१३ प ६३६४ नम्बरको भिआर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दिवश गुरङले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्था...

क्रिकेटर सन्दीप लामिछानेलाई लाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

क्रिकेटर सन्दीप लामिछानेलाई लाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र
काठमाडौँ  :  सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताए । नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।

स्थानीय तहका उम्मेदवारको माफी मिनाहा विरुद्ध सर्वोच्चमा रिट

स्थानीय तहका उम्मेदवारको माफी मिनाहा विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ ,१० फागुन । स्थानीय तहको निर्वाचनपछि तोकिएको मितिमा निर्वाचन खर्च विवरण नबुझाएका दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओलीले बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । सरकारले केहीदिन अघि मन्त्रिपरिषद्बाट निर्णय गरि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्णय स्वीकृतिका लागि पत्र पठाएपछि भण्डारीले जरिवानामा फी मिनाहा गर्ने निर्णयमा स्वीकृति दिएकी थिइन् । वलीले दायर गरेको रिटको प्रधानमन्त्री तथा मन्त्रिपरिष...

कविलास माविका दुई छात्राले गरे एकैदिन आत्महत्या

कविलास माविका दुई छात्राले गरे एकैदिन आत्महत्या
चितवन :  भरतपुर महानगरपालिका–२९, स्थित कविलास माध्यमिक विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत दुई छात्राले मंगलबार केही समयको अन्तरालमा आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुई छात्राले केही घन्टाको अन्तरालमा आत्महत्या गरेका हुन् । १८ र १५ वर्षका दुई छात्राले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक सीताराम मोक्तानले के कारणले उनीहरुले आत्महत्याको बाटो रोजे त्यसबारे केही जानकारी नभएको बताए । केही महिनाअघि पनि विद्यालयका एक छ...

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनीमा दुवैतर्फ पैदलमार्ग निर्माण सुरु

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनीमा दुवैतर्फ पैदलमार्ग निर्माण सुरु
तनहुँ, ९ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ। गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो। यसअघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो। पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्र...

शहिद लखनलाई बाटो प्रयोग गर्न इच्छाकामना गाउँपालिकाले अनुमती दियो, प्रदेश सांसदले रोके (भिडियोसहित)

शहिद लखनलाई बाटो प्रयोग गर्न इच्छाकामना गाउँपालिकाले अनुमती दियो, प्रदेश सांसदले रोके  (भिडियोसहित)
कुरिनटार, ९ फागुन । चितवनको इच्छाकामना ४ कुरिनटारको धारापानी स्थित त्रिशुली नदीमा हेमपाइप राख्ने र बाटो निर्माणको काम रोकिदिएको छ । गोरखाको शहिद लखनगाउँपालिका ४ ठेउवाटारबाट नदीजन्य पदार्थ ओसारपसारका लागि चितवनको इच्छाकामनाको बाटो प्रयोग गर्ने गरि ठेकेदार कम्पनीले त्रिशुली नदीमा हेमपाइप राख्ने र बाटो निर्माण कार्य सुरु गरेका थिए । तर मंगलबार बागमती प्रदेश सांसद कृष्ण सिलवालले उक्त कार्य रोकिदिएका छन् ।उनले धारापानी स्थितद त्रिशुली नदी किनार स्थानियको दाहसंस्कार गर्ने ठाउँ रहे...

आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र प्रदेश १ मा हल्का बर्षाको सम्भावना

आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र प्रदेश १ मा हल्का बर्षाको सम्भावना
काठमाडौँ  : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश नं १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू– भागहरूमा आंशिक बदली रहनेछ। छ। प्रदेश नं १ का पहाडी भ– भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथ...

चितवनका दुईसहित पाँच निर्माण कम्पनी कालो सुचिमा

चितवनका दुईसहित पाँच निर्माण कम्पनी कालो सुचिमा
चितवन :  विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन्”, खरिद अ...

भूमि आयोग चितवनमा इच्छाकामनाबाट दुई सय २३ वटा निवेदन

भूमि आयोग चितवनमा इच्छाकामनाबाट दुई सय २३ वटा निवेदन
चितवन । राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाणपूर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पूर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् । आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सीनाका अनुसार सात पालिकामध्ये सबैभन्दा धेरै निवेदन इच्छाकामना गाउँपालिकाबाट आएका छन् । गाउँपालिकाबाट दुई सय २३ वटा निवेदन परेको उहाँले जानकारी दिए । यस्तै भरतपुर महानगरपालिकाबाट एक सय ६३, खैरहनी नगरपालिकाबाट ४२, माडी नगरपालिकाबाट २४,...