चितवन, १३ फागुन । प्रेस सेन्टर नेपाल चितवन शाखाले पत्रकारिता क्षेत्रमा योगदान गर्नु हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शनिबार भरतपुरको जलदेवि सामुदायिक वनको पार्कमा सम्पन्न साधारणसभा तथा बनभोज कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, केन्द्रीय सदस्य प्रकाशमणि ज्ञावली, सन्तोष देउजा, अग्रज पत्रकार चिन्तामणि पौडेल, वागमती प्रदेशका सचिव सुमन गैरे, प्रेस सेन्टरका वागतमी प्रदेश अनुसाशन अयोगका सदस्य गोपाल परियार, वागमती प्रदेशका सदस्य प्रविन बराल, नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराई तथा प्रेस सेन्टरका पूर्व उपाध्यक्ष वीरबहादुर सिंजालीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, विशिष्ट अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा लगायतले प्रमाणपत्र र खादाले सम्मान गर्नुभएको हो ।

May be an image of 7 people, people sitting and people standing

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पत्रकारितालाई थप डिजिटलाईजेसन गर्नुपर्ने बताउनु भयो ।सञ्चार मध्यमहरुले नयाँ ढङ्गबाट समाचार तथा सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिदैँ डिजिटलाइजेसन गर्नुपर्ने बताउनुभएको हो । अहिलेको आवश्यकता र समय सापेक्ष पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने देखिएको उहाँको भनाई छ ।
मेयर दाहालले खोजमूलक, तथ्यपरक तथा निष्पक्ष पत्रकारिताको अभ्यास गर्दै जानु पत्रकारको जिम्मेवारी, दायित्व र अभिभारा भएको भन्दै उहाँले पत्रकारितालाई थप स्मार्ट बनाउनुपर्ने धारणा राख्नुभयो ।
भरतपुर महानगरपालिकाको बारेमा सकारात्मक धेरै र रचानात्मक दुबै प्रकारका समाचारहरु सम्प्रेषण हुने गरेकाले सही दिशामा महानगरपालिका अगाडि बढेको उहाँको भनाई थियो ।
मेयर दाहालले प्रेस सेन्टरको स्थापना निकै संघर्षशिल, कठिन समयका बाबजुत डोको डालोबाट सूचना प्रवाह गरी सुरुवात भएको औल्याउनुभयो । व्यवस्था परिवर्तन गर्न प्रेस सेन्टरले विगतमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।
उहाँले चितवनका सबै प्रेस सम्बद्ध संस्थाहरुलाई समान ढङ्गबाट भरतपुर महानगरपालिका स्थानीय सरकारले प्रर्वद्धन गर्दै आईरहेको बताउनुभयो ।


कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, प्रदेश सांसदहरु ठाकुर ढकाल, ईश्वर सापकोटा ‘सुमन’, नेकपा माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, पत्रकार महासंघका सचिव सृजना अर्याल, पत्रकार महासंघका चितवन अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आर्चाय लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।