भरतपुरमा भोलि दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन हुँदै
चितवन : भरतपुरमा प्रज्ञा स्मृति प्रतिष्ठान तथा प्रदेश खेलकुद परिषद् बागमतीको साझेदारीमा दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन हुने भएको छ । भोलि (शनिबार) भरतपुरस्थित पिसजोन स्कुल गौरीगञ्ज महानगरपालिका वडा नम्बर ८ मा म्याराथन हुन लागेको हो।
कार्यक्रम विहान ७ बजे हुँदैछ। कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जमरकट्टेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रज्ञा स्मृति प्रतिष्ठानका कार्यक्रमा संयोजक सन्तु कुमार दराईले बताए। प्रतियोगितामा इलाइट महिला र पुरुष, मास्...








