इच्छाकामना : नेकपा माओवादी केन्द्र इच्छाकामनाले संगठन तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने भएको छ । शनिबार कुरिनटारमा सम्पन्न गाउँ कमिटी बैठकले ७ वटै वडामा चैत १७ गतेबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा वडाका प्रतिनिधिहरुले रिर्पोटिङ गरेका थिए । बैठकले आन्तरिक अन्तरविरोधका कारण उत्पन्न भएका समस्याहरुलाई अन्त्य गर्दै एक ढिक्का भएर अघि बढ्ने पनि निर्णय गरेका छन् । बैठकमा एकाआपसमा आत्माआलोचनासहित एक भएर संगठन सुदृढ गर्ने तर्फ एक भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा इच्छाकामनाका संयोजक सावित्री सिलवालको अध्यक्षता तथा बैकल्पिक केन्द्रिय सदस्य अर्जुन पाठकको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका सचिव द्रोणबाबु सिवाकोटीको विशिष्ट र प्रदेश सदस्य प्रताप गुरुङको आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।
कार्यक्रम प्रदेश कमिटीका सल्लाहकार गोवर्धन अधिकारीले सञ्चालन गर्नुभएको थियो ।