देश / समाज

प्रधानमन्त्री प्रचण्डले गरे गोरखामा २० किमि पक्की सडक निर्माणको शिलान्यास

प्रधानमन्त्री प्रचण्डले गरे गोरखामा २० किमि पक्की सडक निर्माणको शिलान्यास
गोरखा  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् । प्रचण्डले आज एक कार्यक्रमकाबीच सडकको उद्घाटन गरेका हुन् ।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको समेत उपस्थिति रहेको थियो । योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने...

गिरिजाबाबुको १३औं स्मृति दिवसको अवसरमा भरतपुर अस्पतालका सुत्केरी महिलालाई पौष्टिकयुक्त खानेकुरा वितरण

गिरिजाबाबुको १३औं स्मृति दिवसको अवसरमा भरतपुर अस्पतालका सुत्केरी महिलालाई पौष्टिकयुक्त खानेकुरा वितरण
चितवन  : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व.गिरिजा प्रसाद कोइरालाको १३औं स्मृति दिवसको अवसरमा भरतपुर अस्पतालमा उपचाररत सुत्केरी महिलाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरिएको छ । गिरिजा प्रसाद कोईराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलेपमेन्ट चितवनको आयोजनामा प्रसुति गृहमा रहेका ५० जना महिलाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले उनीहरुलाई खानेकुरा वितरण गर...

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

उपनिर्वाचनका लागि दल दर्ता आह्वान
काठमाडौं :  निर्वाचन आयोगले आगामी वैशाख १० गते दुई क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उप–निर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो। दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ। ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम मिति २०७९।१२।५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बम...

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने
काठमाडौँ  :  नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो। प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। पालगायत छन् ।

चितवन–२ उपनिर्वाचन : कांग्रेसबाट ११ जना सिफारिस, कारबाही फुकुवाको माग

चितवन–२ उपनिर्वाचन :  कांग्रेसबाट ११ जना सिफारिस, कारबाही फुकुवाको माग
चितवन : आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै केन्द्रमा पत्राचारसमेत गरेको छ । हिजो सम्पन्न बैठकले चितवन–२ का लागि सिफारिस भएका उमेदवारहरुमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ,...

पहाडी तथा तराईका भू-भागमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना

पहाडी तथा तराईका भू-भागमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ  :  हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी  भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशका पहाडी तथा तराईका केही भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रह...

स्ववियु निर्वाचन : चितवनमा दुई क्याम्पसमा मतदान हुँदै, १५ क्याम्पसमा स्थगित

स्ववियु निर्वाचन :  चितवनमा दुई क्याम्पसमा मतदान हुँदै, १५ क्याम्पसमा स्थगित
चितवन : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत आज चितवनको दुई क्याम्पसमा मात्रै मतदान हुँदै छ ।  माडीको माडी बहुमुखी क्याम्पस र टाँडीको सहिद स्मृति बहुमुखी क्याम्पसमा आज केहिबेरमा मतदान हुन लागेको हो ।  अन्य १५ वटा क्याम्पसमा भने स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए ।

नेतृत्व चुन्दै विद्यार्थी, बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान

नेतृत्व चुन्दै विद्यार्थी, बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान
काठमाडौं  :  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानका...

उपराष्ट्रपतिमा रामसहाय यादव विजयी

उपराष्ट्रपतिमा रामसहाय यादव विजयी
काठमाडौं :   तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी बनेका छन्। उनले ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।​ उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गरे। नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन्। उनलाई १ सय ४ संघीय सांसद र १ सय ६९ प्रदेश सांसदले मतदान गरेका हुन्। जनमत पार्टीकी ममता झाले २ हजार ५ सय ३७ मत प्राप्त गरिन्। उनलाई १५ जना प्रदेशसभा सदस्य र २३ जना संघीय सांसदले मतद...

निर्माणाधिन शक्तिखोर –फिस्लिङ सडकमा रोलर दुर्घटना हुदाँ चालकको मृत्यु

निर्माणाधिन शक्तिखोर –फिस्लिङ सडकमा रोलर दुर्घटना हुदाँ चालकको मृत्यु
इच्छाकामना : चितवनको इच्छाकामनामा रोलर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आज विहान १० ः ३० बजे शक्तिखोर–फिस्लिङ सडक अन्तरगत इच्छाकामना २ स्थित सेतो पहारा भन्ने स्थानमा सडक निर्माणको क्रममा रोलर सडक भासी तल खस्दा चालक इच्छाकामना ६ टोड्केका नबिन गुरुङको घटना स्थलमै मृत्यु भएको घटनास्थलबाट स्थानिय शिक्षक टिका गुरुङले जानकारी दिनुभयो । अहिले प्रहरी घटना स्थलमा पगेको छ । निर्माणाधिन यस सडकमा हिजो मात्र ट्रिपर दुर्घटनता हुदाँ एक जना घाइते भएका थिए ।