फिस्लिङ : चितवनको इच्छाकामना गाउँपालिकाले महिलाहरुका लागि व्यवसायिक चुरापोते , लाछेडोरी बनाउने तालिम शुभारम्भ गरेको छ । वडा नम्बर ३ फिस्लिङमा एक कार्यक्रमकाबिच तालिमको शुभारम्भ गरिएको हो ।
महिलाहरुलाई आत्मनिर्भर बनाउन चुरापोते तथा लाछेडेरी बनाउने व्यवसायिक सीप सिकाई सम्बन्धी १५ दिने तालिमको शुुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो ।
तालिममा १५ जना महिलाहरु सहभागि छन् । सहभागिहरुको मागमा आधारित व्यवसायिक चुरापोते तथा लाछेडोरी बनाउने तालिम आयोजना गरिएको अध्यक्ष गुरुङको भनाई छ ।
वडा अध्यक्ष नर बहादुर नेपालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाकी पुर्व अध्यक्ष गीता कुमारी गुरुङ्गको समन्वयमा सुरु भएको तालिमको समुद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल,रिता नेपाल, महिला तथा बालबालिका शाखा प्रमुख पार्वती मगराती लगायतको पनि आतिथ्यता रहनुभएको थियो ।
१५ दिन सम्म चल्ने तालिमको निरु तिमिल्सेना र सम्झना नेपाल प्रशिक्षक रहनुभएको छ ।