इच्छाकामनाको सात वटै वडामा लम्पी स्किन रोग फैलियो, २३ वटा गाईगोरु मरे
कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा रहेका गाईगोरुमा लम्पी स्किन रोग फैलदैं गएको छ । उक्त रोगकै कारण अहिलेसम्म २३ वटा गाईगोरु मरेका छन् । सात वटै वडामा फैलिएको यस रोगबाट हाल सम्म २३ वटा गाईगोरु मरेको रिर्पोट संकलन भएको पुशसेवा शाखा इच्छाकामनाका प्रमुख रञ्जित सुनारले बताउनुभयो ।
उहाँका अनुसार हाल सम्म वडा नम्बर १ मा सबै भन्दा बढी गाईगोरु मरेका छन् । वडा नम्बर १ मात्र ११ वटा गाईगोरु मरेका छन् । ३८८ भन्दा बढी बिरामी अवस्थामा छन् । वडा नम्बर २ मा १० वटा गाईगोरु मरेका छन्...









