देश / समाज

बाह्रसिङ्गे कुरिनटारमा रक्तदान कार्यक्रम सम्पन्न

बाह्रसिङ्गे कुरिनटारमा रक्तदान कार्यक्रम सम्पन्न
कुरिनटार, १३ साउन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ४ स्थित कुरिनटारमा रहेको बाह्रसिंगे बियर फ्याक्ट्रीेको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो कल्याणकारी बचत बाह्रसिङ्गे भरतपुरको आयोजना र रेडक्रस सोसाइटी चितवनको प्राविधिक सहयोगमा आईतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १०४ जना रक्तदाताले रक्तदान गरेको बाह्रसिंगे बियर फ्याक्ट्रीका प्रबन्धक तथा हाम्रो कल्याणकारी बचतका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार...

सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ताको सम्झनामा कुरिनटारमा दीप प्रज्वलन

सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ताको सम्झनामा कुरिनटारमा दीप प्रज्वलन
कुरिनटार,१३ साउन । सौर्य सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुप्रति भवपूर्ण श्रद्धञ्जली अर्पण तथा आत्माको चिरशान्तीको कामना गर्दै चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको इच्छाकामना मन्दिरमा दीप प्रज्वलन गरिएको छ।  विश्व हिन्दु महासंघ इच्छाकमनाको आयोजनामा आइतबार इच्छाकामना मन्दिरमा दीप प्रज्वलन गरिएको हो । विश्व हिन्दु महासंघले दुबै दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुको सम्झनामा जिल्लाका सबै स्थानीय तहमा दीप्रज्वलन गरिएको यादव प्रसाद अधिकारीले जानका...

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर,९ महिना कैद र ६९ लाख जरिवाना

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर,९ महिना कैद र ६९ लाख जरिवाना
काठमाडौँ :  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला सर्वोच्च अदालतले गरेको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उनलाई उक्त सजाय सुनाएको हो। इजलासले ताराराज पाण्डे र वासुदेव पन्तलाई भने सफाइ दिएको छ। दिनेशराज जोशीको भने पुनरावेदन जिकिर नपुग्ने इजलासले ठहर गरेको छ। यसअघि गत असार २० गते सोही इजलासले दुवै पक्षको सुनुवाइ सकेर निर्णय सुनाउने मिति आजका लागि तोकेको थियो।...

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो, नेपालले खोजी जारी राख्ने

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो, नेपालले खोजी जारी राख्ने
चितवन : नारायणगढ मुग्लिन सडक खण्डको   चितवनको भरतपुर २९ सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली फर्किएका छन्। बस र यात्रुको खोजीका लागि साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए। सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सुरक्षाकर्मी र भारतबाट आएका टोलीले संयुक्त रूपमा घटनास्थल सिमलतालदेखि केराबारी देवघाट शिवघाट सम्म खोजी गरेका थिए। भारतीय टोली ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको ...

गोरखामा आत्महत्या भनी गाडिएको शव निकालियो

गोरखामा आत्महत्या भनी गाडिएको शव निकालियो
गोरखा  १२  साउन :  गोरखामा आत्महत्या गरेको भनी गाडिएको एक महिलाको शव प्रहरीले सात दिनपछि निकालिएको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक रमेश कुमार श्रेष्ठका अनुसार बारपाक  सुलिकोट गाउँपालिका वडा नं.४ भण्डारी गाउँ बस्ने बर्ष ४६ को मारज गुरुङको श्रीमती बर्ष ४५ की रन माया गुरुङको शव गाडिएको स्थानबाट निकालिएको हो । गत साउन ४ गते  राति १०  बजेको समयमा घर भित्र झुण्डिएर मृत्यु भएको श्रीमान् मारज गुरुङले बताएपछि स्थानीयहरुले  उक्त घटना आत्महत्या नै...

सिमलताल दुर्घटना : १६ औँ दिनमा पनि बस र यात्रुको अवस्था अझै अज्ञात

सिमलताल दुर्घटना : १६ औँ दिनमा पनि बस र यात्रुको अवस्था अझै अज्ञात
गोरखा  १२  साउन :     भरतपुर महानगर २९ को सिमलतालमा खसेको दुई बससहित यात्रुको अवस्था अझै अज्ञात रहेको छ । असार २८ गते शुक्रबार बिहान ३ बजे नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले दुई यात्रुबहाक बस बगाएको थियो । सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको दुई बससहित ६५ जना नदीमा खसेको थियो । जसमा तीन जनाले ज्यान बचाउन सफल भएका थिए । बाँकी ६३ जना यात्रु हराएका थिए । हालसम्म २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भ...

नारायणगढ–मुुग्लिन सडकमा कन्टेनर र भारतीय ट्रक ठोक्किदाँ दुबै सवारी चालकको मृत्यु

नारायणगढ–मुुग्लिन सडकमा कन्टेनर र भारतीय ट्रक ठोक्किदाँ दुबै सवारी चालकको  मृत्यु
मुग्लिन ११ साउन ।  चितवनमा दुई वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय ट्रक शुक्रबार बिहान  ६ः १० बजे  नारायणगढ–मुुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका १ भतेरी जङ्गगलमा एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए । दुर्घटनामा भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्...

गोरखाको गण्डकीका दुई युवा लागु औषधसहित पक्राउ

गोरखाको गण्डकीका दुई युवा  लागु औषधसहित  पक्राउ
 कुरिनटार : प्रतिबन्धित लागु औषधसहित गोरखाका दुई युवा पक्राउ परेका छन् प्रहरी चौकी इच्छाकामना कुरिनटार चितवनबाट खटिएको प्रहरी टोलिले गोरखाको गण्डकी गाउँपालिका वडा नं. २ बस्ने सुमन गुरुङ र वडा नं. १ बस्ने बर्ष २५ को उज्वल गुरुङलाई पक्राउ गरिएको हो । सुमन गुरुङले चलाएको लु.१५ प. ११ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा  सोही मोटरसाइकल पछाडी सवार उज्वल गुरुङले  भिरेको कालो झोला भित्र रातो प्लाष्टिक भित्र पोको बनाई लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ट्रमाडोल हाइड्रो क्लो...

बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा पदभार ग्रहण

बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा पदभार ग्रहण
चितवन :  बागमती प्रदेशको नवनियुक्त वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा बामगती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शपथ ग्रहण गराउनुभएसँगै नवनियुक्त वनमन्त्री सिलवालले वन तथा वातावरण मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण लगत्तै मन्त्री सिलवालले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्नुहुदै संघियताको मर्म बमोजिम प्रदेशको आवश्यकता पुष्टि गर्ने गरी काम गर्ने प्रतिबद्ध...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु

सौर्य एयरलाइन्सको जहाज दुर्घटना :  एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौँ ९ साउन । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताए । भावविह्वल अवस्थामा रातोपाटीसँग सम्पर्कमा आएका उनले ज्वाइ प्राविधिक भएको बताएपनि सौर्य एयरलाइन्सकै कर्मचारी भए–नभएको खुलाएनन् । तर, सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्...