आजको प्रतिनिधिसभा बैठकमा यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ
काठमाडौं : आज प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद् सचिवालयले जनाएको छ।
बैठकको शुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आ...









