कुुरिनटार, ६ असोज । प्रथम इच्छाकामना महोत्सव २०७५ सम्पन्न भएको छ । भदौ २६ गते देखि सुरु भएको महोत्सवको आज प्रदेश सदस्य मिलन बाबु श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले चितवनको एक मात्र गाउँपालिका एतिहासिक रहेकाले यसलाई नमुना गाउँपालिका बनाउन सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।महोत्सवमा कृषि उपजका कार्यक्रमहरु ल्याएर आयोजकले महत्वपूर्ण काम गरेको भन्दै कृषीलाई प्रर्दन गर्ने यस्ता खालका कार्यक्रमहरुलई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।
यसैबीच शिविष्ट अतिथि तथा नोपली कांग्रेस चितवनका सभापती जीत नारायण श्रेष्ठले यस इच्छाकामना गाउँपालिकाको महोत्सवमा १२ औँ दिन समापन सम्म आईपुग्दा पनि अवलोकन गर्ने दर्शकहरुको भीड लाग्नु नै इच्छाकामना सम्भवाना बोकेको गाउँपालिका रहेको पुष्टी गरिएको बताउनुभयो । इच्छाकामना गाउँपालिका विभिन्न जातजाती संस्कृति तथा पर्यटकीय श्रेत्रले भरीपूर्ण भएको गाउँपालिकाको विकासका लागि पक्ष प्रतिपक्ष, यो वा त्यो पार्टी नभनी एक जुट भएर लाग्न सुझाव दिनुभयो ।
यस गाउँपालिकामा आफ्नो पनि रगतको नाता रहेको भन्दै यहाँको विकास र समृद्धिका लागि सदैव आफु लागि परिरहने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले महोत्सव कुन पार्टी कुन जाती धर्म सबैलाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै आयोजक उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएम कुरिनटारलाई धन्यावाद दिनुभयो ।
गाउँपालिकाकाले परिकल्पना गरे जस्तै आयोजकले भव्य र सभ्य शान्तिपूर्ण रुपमा महोत्सव आयोजना सम्पन्न गरेको अध्यक्ष गुरुङको भनाई छ ।प्रथम इच्छाकामना महोत्सब समग्र इच्छाकामनाको विकासका लागि कोसे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । प्र
मुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रथम इच्छाकामना महोत्सवले इच्छाकामनको पर्यटन प्रवर्दनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
महोत्सवका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले भव्य र सभ्य रुपमा महोत्सव सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यावाद दिनुभयो ।
महोत्सवका सह–संयोजक तथा अयोजक संस्था इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङले व्यक्ति रुपमा कसले के प्राप्त ग¥यो भन्दा पनि महोत्सवले इच्छाकामना गाउँपालिकालाई चिनाउन सफल हुनुहुनै महत्वपूर्ण विषय रहेको बताउनुभयो । सुरुमा इच्छाकामना एफएमले महोत्सवको आयोजना गर्न विभिन्न पक्षसंग बहस सुरु गरेको स्मरण गर्दै अध्यक्ष गुरुङले आज समापन सम्म आईपुग्दा सबैको साथ र सहयोगले महोत्सव सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
अर्का सह–संयोजक तथा आयोजक संस्था उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले प्रथम इच्छाकामना महोत्सवले समग्र इच्छाकामनालाई चिनाउनुका साथै पर्यटन क्षेत्रको प्रवर्दनमा सहयोग पुगेको बताउनुभयो ।महोत्सवमा सहयोग गर्ने विभिन्न संघसस्था प्रायोजक लगायत सम्पूर्णलाई धन्यावद दिनुभयो ।
प्रथम इच्छाकामना महोत्सवले इच्छाकामनाको गौरव बढाएको आयोजकको ठम्याइ छ । उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएम कुरिनटारले कृषि पर्यटन र व्यापार इच्छाकामनाको मुल आधार भन्ने मुला नारा सहित भदौ २६ गते देखि असोज ६ गते सम्म इच्छाकामना ४ सर्वशान्ति माविको खेल मैदान कुरिनटारमा महोत्सव आयोजना गरिएको हो ।
नेकपाद्वारा बहिस्कार
मञ्चमा बोल्नेहरुले सबै एक हुनहुपर्छ र एक भएर महोत्सव सफल भएको भनीरहदाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रतिनिधि भने मञ्चमा गएनन् । नेकपाका एक नेताका अनुसार सांसद कृष्णभक्त पोखरेललाई प्रमुख अतिथिको रुपमा ल्याउन नमानेपछि समापन कार्यक्रम बहिस्कार गरेका हुन् । ती नेताले भने यस क्षेत्रको निर्वाचित सांसदको अपमान भयो त्यसैले हामीले बहिस्कार गरेका हौँ। हामीले हाम्रा कार्यकर्ता समर्थकलाई महोत्सव स्थलमा जान रोकेका होइनौ अपमानित हुने हिसाबले पार्टीबाट मञ्चमा नगएको मात्र हो ।
उनले थपे इच्छाकामना महोत्सवको पार्टीले पूर्ण समर्थन र सहयोग गर्दै आएको छ, हामीले पार्टीको बैठक बसेरै महोत्सवको मिति तोकेपछि पूर्ण समर्थन गर्ने निर्णय गरेर अघि बढेका हौँ । समापनको दिन हामी केही प्राविधिक कारणवस मञ्चमा गएर भाषण नगरेको मात्र हो । महोत्सव भव्यताका सफल भयो यसमा हामी सबैको भूमिका छ ।