कुरिनटार, ४ असोज । प्रथम इच्छाकामना महोत्सबको दशौँ दिन आज चर्चित लोक दोहोरी गायक रामजी खाँडको प्रस्तुति रहने भएको छ । सर्वशान्ति माविको खेल मैदान इच्छाकामना ४ कुरिनटारमा भदौँ २६ गते देखि सुुरु भएको महोत्सवमा यस अघि पशुपती शर्मा, जीवन शर्मा प्रीति आले राजन गुरुङ, पृथ्वी गुरुङ, गणेश गुरुङ, चन्द्रा गुरुङ प्रजापती पराजुली ज्योति लोहोनी माया गुरुङ लगायतका कलाकारहरुले प्रस्तुति दिई सकेका छन ।
आज रामजी खाँड लगायत विभिन्न विद्याका कलाकारहरुको प्रश्तसती रहने आयोजकले जनाएको छ । यसैबीच प्रथम इच्छाकामना डान्स आईडलका प्रतिष्पर्धीहरुको प्रश्तुती पनि रहने छन् ।
असोज ६ गते सम्म चल्ने प्रथम इच्छाकामना महोत्सबको उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएम आयोजक रहेका छन् ।