गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त
काठमाडौँ,पुस ६ । गुण्डा नाइके तथा प्रदेश सभा सदस्य दीपक मनाङ्गे थुनामुक्त भएका छन् । ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।
गत मंसिर २८ गते सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र बम कुमार श्रेष्ठको संयुक्त इजिलासले मनाङ्गेलाई रिहा गर्ने आदेश दिएको थियो ।
दीपक मनाङ्गे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।
ठेक्कापट्टा र असुल...