चितवन, २९ मंसिर । चितवनको सौराहामा अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ । शनिबार दिनभर चल्ने कार्यक्रमको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गर्नुभएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल सहभागी हुनुहुन्छ । यसैगरी सात वटै प्रदेशका सभामुख, उपसभामुखसहित प्रतिनिधिसभाका सचिव र सात वटै प्रदेशसभाका सचिवहरुको सहभागिता छ ।