चितवन, ५ पुस । चितवनका होटलहरुमा अनुगमन जारी राखेका छन् । चितवनको भरतपुरमा जिल्ला प्रशासन कार्यलयको समन्वयमा विकी राउतको नेतृत्वमा खाध प्रशासनले अनुगमन कार्य गरेको छ । सोही अनुगमनमा चितवन भरतपुर महानगरपालिका भरतपुर १० पुरानो मेडिकल कलेज रोड वरिपरिका लगभग १६ वटा होटलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा भरतपुर अस्पतालभित्र सञ्चालित दुई क्यान्टिनले फोहोर व्यवस्थापनमा चरम लापरबाही गरेको भेटिएको छ ।बिरामी र बिरामीका आफन्तहरुले खाने क्यान्टिनको भान्छामा पकाइएका खानेकुरामा भुसुना भन्किने देखि फोहोर व्यवस्थापनमा लापरबाही गरेको पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख बिक्की राउतको नेतृत्वमा गएको अनुगमन टोलीले क्यान्टिनलाई फोहोर व्यवस्थापन गर्न निर्देशन दिएर फर्किएको छ ।
भरतपुर अस्पताल क्षेत्रभित्र सञ्चालित रुचि चमेना गृहको भान्छामा पकाउनका लागि तयारी अवस्थामा राखिएका समोसामा कीरा भेटिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसालले बताए । खिया लाग्ने टिनको भाँडामा तयारी चाउमिन भण्डारण गरिएको एवम् खानेकुरालाइ खुलारुपमा भूइँमा राखिएको भुसालले बताए ।
केही होटलहरुमा फोहोर भएका सबै खानेकुराहरु फाल्न लगाइयो ।कति होटलहरुले त यसरी अनुगमन गरेकोमा आफुहरुले सिक्ने मौका पाएको बताए ।
जसमा उपभोक्ता संरक्षण मन्चका संयोजक विष्णु भुसाल,जिल्ला प्रहरी कार्यलयका सई विजय खनाल , र पत्रकारहरुको समेत उपस्थि रहेको थियो ।जसमा चितवनको भरतपुर हस्पिटल वरिपरि रहेको होटल तथा रेस्टुरेन्टहरुमा समेत अनुगमन भएको थियो ।केही होटलहरुमा बट्टाहरुमा केही नलेखेका सेता धुलाहरु पनि पाईयो। प्राय चुकअमिलाका तरल पदार्थहरु तथा खाली रुपमा राखिएका तेल समेत फाल्न लगाईयो ।