नेपाल अरु मुलुक भन्दा पृथक र विशिष्ठ छ : खानेपानी मन्त्री मगर
कंचनपुर,१० पुस । खानेपानी मन्त्री बिना मगरले गणतन्त्र नेपाल र धर्म निरपेक्ष मुलुक बनाउन सारा नेपालीले त्याग र बलिदान गरेको हुँदा यसलाई संस्थागत गर्नु पर्ने बताउनु भएको छ ।
क्रिसमस दिनको अवसरमा कंचनपुरको बेलौरीमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताउनु भएको हो । धर्म र संस्कृतिको हिसाबले अरु देश भन्दा नेपाल पृथक र विशिष्ट रहेकोे उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, ू ...