देश / समाज

प्रदेश नं ३ को प्रदेशसभाको बैठक चार विधेयक टेबल

प्रदेश नं ३ को प्रदेशसभाको बैठक  चार विधेयक टेबल
हेटौँडा, ११ पुस ।  प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा अर्थ तथा विकास समितिको प्रतिवेदनसहित चार वटा विधेयक छलफलका लागि प्रस्ताव टेबल गरिएको छ । प्रदेशसभाको अर्थ तथा विकास समितिका अध्यक्ष सरेश नेपालले विभिन्न समितिमा दफावार छलफल भइआएको प्रदेशमा सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयकको २०७५ को प्रतिवेदन र कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावादोर्जे तामाङले प्रदेशमा सहकारीको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गर्नुभयो । बैठकमा उद्योग, वन, पर्यटनमन्त्री अर...

‘रम्बल स्ट्रिप’ प्रभावकारी बन्यो, नारायणगढ–मुग्लिन सडकखण्मा दुर्घटना कम

‘रम्बल स्ट्रिप’  प्रभावकारी बन्यो,  नारायणगढ–मुग्लिन सडकखण्मा दुर्घटना कम
चितवन, ११ पुष ।  नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका पुलका दुवैतर्फ राखिएका ‘रम्बल स्ट्रिप’ ले सवारी चालकको दिमाख त हल्लाएको छ नै यात्रुहरुलाई समेत तनाव दिने गरेको छ । रम्बल स्ट्रिपमा सवारी साधानको पांग्रा पर्दा हुने घर्रर घर्ररले धेरैको यात्रामा असहजता महसुस गरेका छन् । तर, नारायणगढ मुग्लिन सडक आयोजना र ट्राफिक प्रहरीले भने रम्बल स्ट्रिपका कारण सवारी दुर्घटनामा कमी आएको दावी गरेको छ । सडक फराकिलो तर पुल पुरानै साँघुरो हुँदा दुर्घटना बढ्ने खतरा बढेपछि सडक आयोजनाले पुलका दुवैत...

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति भण्डारी

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा :  राष्ट्रपति भण्डारी
चितवन, ११ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताउनु भएको छ । १५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा जलवायु परिवर्तनको असरबाट चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती, गैँडा र जैविक विविधता लोप हुन पुगे र पर्यटक आउन छाडे भने हाम्रो पर्यटन क्ष...

दोश्रो नेपाल आइडल रवि ओडकी आमाको निधन

धनगढी,११ पुस । दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको निधन   भएको छ । आज बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि...

नेकपा स्थायी समिति बैठक सुरू, अध्यक्षद्वयले जवाफ दिँदै

काठमाडौं,११ पुस । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन्। गत मंसिर २९ गतेबाट सुरू बैठकमा सोही दिन अध्यक्षद्वयको तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। पुुस २ गतेदेखि भने सदस्यहरूले प्रतिवेदनमाथि आफ्नो धारणा राखेको थिए। वामदेव गौतम, भीम रावल लगायतका केही सदस्यले भने लिखित प्रतिवेदन नै पेस गरेका थिए। पुस २ देखि ८ गतेसम्ममा भएको छलफलमा ४७ जना नेताल...

मुलुकभर चिसो बढ्यो, आज र भोलि आंशिक बदली भई वर्षा हुनसक्ने

मुलुकभर  चिसो बढ्यो, आज र भोलि आंशिक बदली भई वर्षा हुनसक्ने
काठमाडौं, ११ पुस । देशभरी नै चिसो बढ्दा जनजीवन प्रभावित बन्दै गएको छ । चिसो बढेपछि माथिल्लो हिमाली क्षेत्रका विद्यालय बन्द छन् भने काममा निस्कनेलाई पनि समस्या भएको छ । जुम्लाको तापक्रम माइनस ७ दशमलव २, जीरीको माइनस ३ दशमलव २ डिग्री र जोमसोमको माइनस २ दशमलव ७ डिग्री सेल्सीयस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको भने बुधबार बिहानको तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । पश्चिमी वायुको प्रभावले बुधबार पहाडी भूभागको मौसम आशिंक बदली हुने मौसमविद्...

कोलकातामा बरामत भएको ३३ किलो नेपाली सुन भारतले नदिने

कोलकातामा बरामत भएको ३३ किलो नेपाली सुन भारतले नदिने
काठमाडौँ,११ पुस । मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ

चितवन महोत्सव पुस २५ देखि, तयारी तीब्र

चितवन, १० पुस । उद्योग वाणिज्य सङ्घ चितवनको अगुवाइमा हुने चितवन महोत्सव आगामी पुस २५ गतेबाट शुरु हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । नारायणी नदी किनारमा १२ औँ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । महोत्सव विसं २०५३ सालदेखि प्रत्येक दुई÷दुई वर्षमा हुँदै आएको छ । उद्योग वाणिज्य सङ्घ–चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनाम...

चितवनमा ३० करोड रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी,नबुझाउनेमा सरकारी कार्यालय अगाडि

चितवन,१० पुस । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको ३० करोड २५ रुपैयाँ विद्युत् बक्यौता उठ्न सकेको छैन । मंसिर महिनासम्म भरतपुर क्षेत्रका एक हजार ग्राहकबाट यो रकम उठ्न बाँकी रहेको हो । विद्युत् महशुल नबुझाउनेमध्ये सरकारी कार्यालयको रकम अधिक रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवन, जुनियर प्रहरी अधिकृत शिक्षालय, जिल्ला प्रहरी कार्यालय चितवन र नापी कार्यालयबाट विद्युत महशुल असुली गर्न बाँकी छ । भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले अन्य सरकारी कार्यालयको ...

भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित
चितवन,१० पुष । भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय भरतपुर चितवनको तेस्रो नगर सभा मंगलबार सम्पन्न भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्पन्न नगर सभामा प्रस्तुत बजेट आवश्यक संशोधनसहित पारित भएको छ । नगर सभामा उत्कृष्ट कर्मचारी र संघसंस्थालाई सम्मानित गरिएको छ । नगर सभालाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई नमुना शहर बनाउने उद्घोष गर्नु भएको छ । आफ्नो एकमात्र स्वार्थ भरतपुर महानगरपालिकाको सर्वाङ्गीण विकास गर्नु र...