धादिङ,१० पुष । पृथ्वीराजमार्ग आसपासका होटेल तथा रेष्टुरेण्टहरुले सार्वजनिक जग्गा कब्जा गरि होटल संचालन गर्नुका साथै होटलहरुको शौचालय निकास पनि राजमार्ग आसपासमा खुल्ला छोड्ने गरेका छन् । पृथ्वीराजमार्ग अन्र्तगत धादिङ जिल्ला वेनिघाट रोराङ्ग गाउँपालिका सलाङ्गघाटमा संचालित चितवन होटले राजमार्गमा नै खुल्ला शौचालयको निकास गर्दा वस्तीमा दुर्घन्ध भेलिएको छ ।

दुर्घन्ध फैलिए पछि स्थानिय बासीको जनगुनासो पछि सडक विभाग र वेनिघाट रोराङ्ग गाउँपालिकाले पटक पटक चितवन होटल संचालकलाई सेफ्टिटेंकी हटाउन पत्रचार गरे पनि त्यस्को वेवास्ता गर्दै होटल संचालन गर्दै आएको छ ।

चितवन होटेलले शौचालय निकास खुल्ला छोड्दा राजकुमार सिलवालको घरमा समेत शौचालयको फोहर पसे पछि त्यसो नगर्न आग्रह गर्दा होटल संचालक बारम्वार झगडा गर्न आउने गरेको पिडित राजकुमार सिलवालले वताए ।
दिउँसोको समय खुल्ला छोड्ने र रात्रिकालिन समय मोटर प्रयोग गरी त्रिशुली नदीमा छोड्ने समेत गरेको स्थानियहरु वबताउँछन् । स्थानियको जनगुनासो पछि चितवन होटल संचालक हरि शरण पाण्डे संग सम्वन्धित विषयमा प्रतिक्रया लिन खोज्दा फोन राख्न धम्की समेत दिए ।

 


चितवन होटल संचालक हरिशरण पाण्डेले सार्वजनिक जग्गामा पक्की होटल निमार्ण गरी चितवन होटल संचालन गर्दै आएका छन् । होटल संचालक हरिशरण पाण्डेले साबिक धादिङ जिल्ला बेनिघाट गाउँ विकास समिति वडा नं. ६ ङ को १३३ नम्वर कित्तामा रहेको खहरे जनाएको सार्वजनिक जग्गामा होटेल निमार्ण गरी होटल संचालन गरेका छन् ।

सार्वजनिक जग्गा कब्जा गरी होटल संचालन गरको खबर संचार माध्यमहरुमा सम्प्रेषण भए पछि २०७३ साउन २९ गते जिल्ला वन कार्यालय धादिङ र जिल्ला प्रशासन कार्यलय धादिङ सडक डिभिजन कार्यालयको टोलिले सो क्षेत्रमा रहेको होटलहरुमा पनि डोजर लगाई हटाएको थियो । सार्वजनिक वन अतिक्रमण गरी संरचना निर्माण गर्नेलाई एक लाख जरिवाना ३ वर्षै कैद वा दुवै सजया हुने कानुनमा उल्लेख गरिएको छ । dhunibeshi.com