दान बहादुर गुरुङ
गोरखा, १४ माघ ।नेपाल आवास पुननिर्माण परियोजना सुरु भएपछि गोरखाको गण्डकी गाउँपालिकामा पुननिर्माणले गति लिएको छ । भारत सरकारको आर्थिक सहयोगमा यूएनडिपी र ओडीआरसीको समन्वयमा नेपाल आवास पुर्ननिर्माण परियोजना सुरु भएपछि गोरखाको गण्डकी गाउँपालिका सहित जिल्लाका अन्य स्थानिय तहहरुमा पुननिर्माणले गति लिएको हो ।

  वि.सं २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त आवास पुर्ननिर्माणका लागि दुई नगरपालिका र छ गाउँपालिकाका २६ हजार घरपरिवारका घर बनाउन संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी)ले सामाजिक तथा प्राविधिक सहजीकरण गरिरहेका छन् ।

मार्च २०१८ देखि जिल्लाको दुई नगरपालिका गोरखा र पालुङटार तथा गाउँपालिकाहरु धार्चे, गण्डकी,अजिरकोट, आरुघाट,सिरानचोक र सहिद लखन सहित ६ गाउँपालिकाका ४२ वडामा नेपाल आवास पुर्ननिर्माण परियोजना संचालन गरेका हुन् ।

गण्डकी गाउँपालिकामा यस परियोजनाले जिम्मा लिएको ३ वटा वडामा ७५ प्रतिशत भन्दा बढी पुर्ननिर्माण कार्य सम्पन्न भएको यूएडिपीका टिम कोअर्डिनेटर विकास न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार गण्डकी गाउँपालिकाको वडा न. १ मा ७० प्रतिशत, वडा नं. २ मा ६५ प्रतिशत र वडा नं. ६ मा ८९ प्रतिशत पुर्ननिर्माण कार्य सम्पन्न भएको छ । वडा न. १, २ र ६ गरि ३ वटा वडामा अहिले सम्म १ हजार १ सय ८१ घर निर्माण सम्पन्न भईसकेको छ भने २५७ घर निर्माणको चरणमा रहेको छ । सम्झौता भएर पनि ९७ घरले अझै निर्माण कार्य सुरु गरेका छैनन् । यी ३ वडामा अझै ३४ घरले सम्झौता गरेका छैनन् भने ६ घर भूमिहिन भएको तथ्यांकमा उल्लेख छ । यसैबीच १० घर मापदण्ड विपरित निर्माण गरिएको भेटिएको छ भने तीन जना लाभग्राहीले रकम फिर्ता गरेका छन् । परियोजनाले तीन वडामा एक हजार ७ सय ११ भूकम्पपीडितलाई लक्षित गरि काम गरिरहेका छन् ।

परियोजनापछि गाउँपालिकाको वडाहरुमा पुर्ननिर्माणले गति लिएको वडा न. २ का वडा अध्यक्ष देउ बहादुर गुरुङले बताउनुभयो ।
यसैबीच वडा न. १ का अध्यक्ष गिर बहादुर गुरुङले पनि परियोजना संचालनपछि  वडामा पुर्ननिर्माणले गति लिएको स्वीकार गर्नुभयो ।

सामाजिक सहजिकरण, प्रशासनिक र प्राविधिक सहजीकरण गर्दै आएको यूएनडिपिले जनाएको छ