देश / समाज

निर्दयी डाक्टर, जसले घर र गाडी नपाउँदा गरे श्रीमतीको हत्या

वीरगन्ज, १७ चैत । नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन ।’ सुनीताका दाजु जयप्रकाश यादवले सुख हुन्छ भन्ने सोची ड...

८० रुपैयाँको बिल तिर्न २ हजारसम्म खर्च

८० रुपैयाँको बिल तिर्न २ हजारसम्म खर्च
डडेलधुरा,१७ चैत । भागेश्वर गाउँपालिका, १ का स्थानीयले ८० रुपैयाँको विद्युतको बिल तिर्न २ हजार खर्र्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमठादे ८० रुपैयाँ बिजुलीको महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन् ।   भागेश्वरबाट जिल्ला सदरमुकाम रहेको नेपाल विद्युत प्राधिकरणको महसुल काउन्टरसम्म आउन जिपको साढे ३ सय एकतर्फी भाडा छ । उनीहरु महसुल बुझाएर त्यही दिन भ्याउँदैन् । जिपको भाडा ७ सय, समान्या होटल कोठाको पाँच सय, तीन पटक खानाको तीन सय ग...

नेकपा इच्छाकामनाद्वारा मुटु रोगी सारादा चेपाङलाई आर्थिक सहयोग

नेकपा इच्छाकामनाद्वारा मुटु रोगी सारादा चेपाङलाई आर्थिक सहयोग
  कुरिनटार,१६चैत । चितवनको इच्छाकामना ५ नेपेडाडाँकी मुटु रोगी सारादा चेपाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । आज नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले उनको घरमै पुगेर रु २५ हजार २ सय ५० आर्थिक सहयोग गरिएको सम्झना खड्का सिलवालले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण दुई बर्ष देखि मुटु रोगले पीडित सारादाको उपचार हुन सकिरहेको छैन । सारादाको उपचारका लागि सहयोग गर्न सबै सहयोगी मनहरुलाई आग्रह गरिएको छ ।

प्रहरीको गाडिले स्कुटरलाई ठक्कर दिएर ब्रेक नहानी हुइकियो,भिडियो भाइरल(भिडियो सहित)

प्रहरीको गाडिले स्कुटरलाई ठक्कर दिएर ब्रेक नहानी  हुइकियो,भिडियो भाइरल(भिडियो सहित)
कुरिनटार नेपाली सामाजिक संजालमा एउटा भिडियो भाइरल भै रहेको छ।सामाजिक संजालको फेसबुकमा हिजो सन्जिब लामा तामांग नाम गरेको फेसबुक एकाउन्ट बाट "हैन यो ए पि यफ को गाडिले गर्न खोजेको चै के हो" भन्दै एउटा भिडियो अप्लोड भयो। त्यही भिडियो अहिले सयौं ले शेयर गरेका छन। भिडियो यस्तो थियो काठमाडौको जस्तै देखीने सडकमा एकजना आफ्नै सुरमा  मोटरसाइकलबाट गोप्रो क्यामाराको माध्यमले  भिडियो खिचीरहेका हुन्छन। बाइक आफ्नै रफ्तारमा अगाडि बड्दै गर्दा दाइने तर्फ बाट आर्म पोलिस फोर्स लेखेको बा१...

हात काट्न परोस तर सार्वजनिक जग्गाको अतिक्रमण हुन दिन्न : प्रमुख गुरुङ (भिडियो सहित)

हात काट्न परोस तर सार्वजनिक जग्गाको अतिक्रमण हुन दिन्न : प्रमुख गुरुङ (भिडियो सहित)
कुरिनटार, १६ चैत । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका प्रमुख गीता कुमारी गुरुङले सार्वजनिक जग्गा अतिक्रमण गर्न नदिने बताउनुभएको छ। इच्छाकामना एफएमको स्थानिय सरोकार कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले कुनै पनि राजनितिक संरक्षण वा बहाना मा सार्वजनिक जग्गा अतिक्रमण गर्न नदिने बताउनुभएको हो । उहाँले भन्नुभयो,“ राजनितिक संरक्षणमा बसेको याहाँ बसेको त्याहाँ बसेको मलाई थाहा भएन, हिजो देखि नै म यहाँको जनता आज चै जनताको प्रमुख भएको छु, कुनै पनि व्यक्तिको टेक्ने ठाउँ छैन सुकुम्बा...

दलित महिलालाई मोसो दल्ने जनही चार हजारमा रिहा

दलित महिलालाई मोसो दल्ने जनही चार हजारमा रिहा
विराटनगर,१६ चैत । ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिश्चरे नगरपालिकाका बोर्ड सदस्य गीता विश्वकर्मालाई शुक्रबार जनही चार हजार धरौटीमा छाडेको हो । उनीहरूले पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारे गाउँकी ३० वर्षीया शारदा बराइलीलाई ५ चैतमा गाउँकै चौतारोमा लगेर मोसो दल्दै कुटपिट गरेका थ...

हतियार कारखाना बरामद

नेपालगञ्ज, १६ चैत । नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ । वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् । घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गन पेस्तोल १ थान, लामो स्प्रिङ ३ थान, बाकस बरामद भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख निरीक्षक नारायण डाँगीले जन...

एकता प्रकृया नटुगिंदा नेकपामा ४४१ केन्द्रीय सदस्य बेरोजगार

एकता प्रकृया नटुगिंदा नेकपामा ४४१ केन्द्रीय सदस्य बेरोजगार
काठमाडौं ,१६ चैत । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् । पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाई भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन् । पार्टी एकता भएको ११ महिनाको अवधिमा प्र्रदेश कमिटिलाई पूर्णता दिनेबाहेक अनय सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । कता प्रक्रिय...

डाक्टरले गरे श्रीमतीको हत्या

डाक्टरले गरे श्रीमतीको हत्या
वीरगञ्ज, १६ चैत । चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ । सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् । डा। यादवले तैत्र ६ गते सुनितालाई घरमै निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट अचेत अवस्थामा पुगेकी उनलाई गण्डकी अस्पताल पु¥याएको थि...

जब जनप्रतिनिधि नै कानुनबारे अनविज्ञ भएपछि..

जब जनप्रतिनिधि नै कानुनबारे अनविज्ञ भएपछि..
रामेछाप, १६ चैत । खाँडादेवी गाउँपालिकाको टिमुखी डुन्डुगुल जोड्ने सडक निर्माणका लागि वडा कार्यालयले ठुलो मेसिन लगायो । ५ लाखको योजना बुधबार सकियो । सरकारको नीतिबमोजिम उक्त सडकमा डोजर लगाउन पाइदैथ्यो । १ करोडभन्दा कम लागतका योजनामा डोजरलगायतका ठुला मेसिन प्रयोग निषेध गर्ने गरी सरकारले २ महिनाअघि निर्देशिका जारी गरेको थियो । ‘हामीलाई कुनै जानकारी नै छैन,’ खाँडादेवी ७ का वडाध्यक्ष असलसिंह तामाङ भन्छन्, ‘संघीय सरकारले पत्र पठाएको छैन, गाउँपालिकाले यस विषयमा केही जानकारी दिएको छ...