कुरिनटार, १६ चैत । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका प्रमुख गीता कुमारी गुरुङले सार्वजनिक जग्गा अतिक्रमण गर्न नदिने बताउनुभएको छ।
इच्छाकामना एफएमको स्थानिय सरोकार कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले कुनै पनि राजनितिक संरक्षण वा बहाना मा सार्वजनिक जग्गा अतिक्रमण गर्न नदिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,“ राजनितिक संरक्षणमा बसेको याहाँ बसेको त्याहाँ बसेको मलाई थाहा भएन, हिजो देखि नै म यहाँको जनता आज चै जनताको प्रमुख भएको छु, कुनै पनि व्यक्तिको टेक्ने ठाउँ छैन सुकुम्बासी छ भने टेक्ने ठाउँ दिनुपर्छ, तर सार्वजनिक चिज कोही व्याक्तिले हडप्न पाउँदैन मैले भनेको छु , हिजो कसले दियो मलाई थाहा छैन मेरो हातबाट यो हात काट्नु परोस तर सार्वजनिक जग्गामा कलम चोपिदैन, जसले अतिक्रमण गरेको छ त्यसका लागि नापी कार्यालयबाट नक्साहरु सबै प्रिन्ट गरेर ल्याइसकेको छ । मुखले भनेको भरमा हुदैन अमिनि ल्याएर नापी गरेर प्रकृयागत रुपमा कसले अतिक्रमण गरेको छ छुट्याएर यसबाट छुटकारा दिलाउने काममा हामी लागीरहेका छौँ ।”
साथै अध्यक्ष गुरुङले मापदण्ड अनुसार वातावरणीय प्रभाव मुल्याङ्कन परीक्षण ( आइइ ) गरे र यहाँको समुदाय, भुगोलल , नदी तथा तथा अन्य कुनै वातारणीय असर नपर्ने गरि त्रिशुली नदीमा खेर गइरहेको ढुंगा गीटी बालुवालाई प्रयोगमा ल्याइएको बताउनुभयो । उहाँले खेर गईरहेको ढुंगा गीटी बालुवाको आम्दानीले काउले जस्तो विकट बस्तीमा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा विकास गरिने बताउनुभयो ।