चितवनको राप्ती नगरपालिका पूर्ण खोपयुक्त कायम रहेको घोषणा
चितवन, १७ चैत । महिला स्वयम सेविकाहरुको सेवा सुविधाका लागि राज्यले निति वनाउनु पर्ने राप्ती नगरपालिकाकी मेयर प्रभाव वरालले वताएकी छिन् । दिनरात नभनी स्वयमसेविकाहरु खट्ने भएपनि उनीहरु राज्यबाट उपेक्षित छन् । आईतवार आयोजित राप्ती नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा मेयर वरालले महिला स्वयमसेविकाहरुले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्दै उनीहरुको सेवा सुविधामा राज्यले ध्यान दिनु पर्ने वताईन् । वाल मृत्युदर र मातृ मृत्युदर घट्नुम...