अर्थ

चितवन लेराइदै गरेको भारतिय चल्ला बरामत

चितवन लेराइदै गरेको भारतिय चल्ला बरामत
कुरिनटार, वीरगञ्जबाट नारायणघाट ल्याउँदै गरेको करीब पाँच हजार कुखुराका चल्ला जितपुरको गढीमाई चोकबाट बरामद गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका, जितपुरमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पले त्यति परिमाणको चल्ला बरामद गरेको हो । गढीमाई चोकमा जाँच गर्दै रहेको अवस्थामा भारतबाट अवैधरूपमा भन्सार छली ब्रोइलर कुखुराको चल्ला आउँदैछ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीका प्रमुख निरीक्षक रामबहादुर बस्नेतको टोलीले बरामद गरेको हो । चल्ला बोकेको ना ५ ख ६५०९ नम्बरको मिनीट्रक र ट्रकलाई स...

विद्यार्थीमार्फत घरघरमा राजश्वको सहुलियत पर्चा

विद्यार्थीमार्फत घरघरमा राजश्वको सहुलियत पर्चा
चितवन, २९ पुस । आन्तरिक राजश्व कार्यालय भरतपुरले राजश्व विभागबाट यही पुस मसान्तसम्मका लागि दिइएको छुट र सहुलियतका विषयमा विद्यार्थीको हातबाट पर्चामार्फत अभिभावकलाई जानकारी गराएको छ । चितवन र नवलपुर जिल्ला हेर्दै आएको सो कार्यालयले दुवै जिल्लाका अधिकांश विद्यालयमा पुगेर विद्यार्थीमार्फत अभिभावकलाई पर्चा पठाएको हो । कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार पुस महीनाभरि नै कार्यालयका कर्मचारी विद्यालयमा पुगेर कक्षा कोठामा कर कार्यालयले दिएको छुट र सहुलियतका बारेमा आफ्ना अभिभा...

मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि मुग्लिनको अध्यक्षमा शेरचन चयन

मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि मुग्लिनको अध्यक्षमा शेरचन चयन
मुग्लिन,२८, पुस । मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था।लि मुग्लिनको अध्यक्षमा तेज बहादुर शेरचनलाई सर्वसहमतीले चयन गरिएको छ । सहकारीको १८ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले शेरचनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । अधिवेशनले उपाध्यक्षमा किशोर गुरुङ, सचिवमा खुमप्रसाद पन्त, सह–सचिव तथा कार्यालय संचालकमा कुमार श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानु त्रिपाठीलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा उज्वल शेरचन, मिन बहादुर श्रेष्ठ, बल बहादुर त्रिपाठी, जुनाराज भण्डार...

ढुक्क हुनुहोस् बूढीगण्डकी आयोजनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष प्रचण्ड

ढुक्क हुनुहोस् बूढीगण्डकी आयोजनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष प्रचण्ड
गोरखा,२७ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई अगाडी बढ्न अब कसैले रोक्न नसक्ने बताएका छन् । दोस्रो आरुघाट महोत्सवको उद्घाटन गर्दै उनले भने, बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडी बढ्छ अब यसलाई कहि कतै रोक्न सकिदैंन । यो रोकिन्छ की भन्नेमा कुनै आंशका नगर्न अध्यक्ष प्रचण्डले आग्रह गरे । यो आयोजनाको मुआब्जा वितरणको काम ढिलो भएको स्वीकार गर्दै उनले सरकारसँग यसबारेमा सम्पूर्ण तथ्याङ्क लिएर आएको उल्लेख ...

सुमार्गीलाई बैंकबाट निकालेको रकम फिर्ता गर्न आदेश

सुमार्गीलाई बैंकबाट निकालेको रकम फिर्ता गर्न आदेश
काठमाडौं,२७ पुस । सर्वोच्च अदालतले अजयराज सुमार्गीलाई बैंकबाट झिकेको रकम फिर्ता गर्न आदेश दिएको छ । सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै सर्वोच्चले झिकेको रकम बैंकमा फिर्ता गर्न आदेश दिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नु पर्ने देखिएकाले बै...

तामिन कृषि बहुउदेश्य सहकारीद्वारा एक महीनामा एक करोडको सुन्तला बिक्री

तामिन कृषि बहुउदेश्य सहकारीद्वारा एक महीनामा एक करोडको सुन्तला बिक्री
चितवन, २६ पुस । तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो । “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भन्नुभयो । उहाँका अनुसार सहकारीमा आबद्ध ८५ कृषक सदस्यले ८० बिघा जमीनमा सुन्तला खेती गरेका छन् । गत व...

कहिले देखि खुल्छ मलेसियामा रोजगारी ? यसो भन्छ मलेसियान सरकार

कहिले देखि खुल्छ मलेसियामा रोजगारी  ? यसो भन्छ मलेसियान सरकार
क्वालालाम्पुर,२४ पुस । विदेशी कामदार, त्यसमा पनि विशेषगरी नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेसियाका एक मन्त्रीले बताएका छन् । मानव संशाधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको बताएका छन् । साथै उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी कामदार समितिमा भर पर्ने बताए । ‘विदेशी कामदारसम्बद्धमा कुनै पनि सल्लाह तथा नीति समितिको रिफारिस अनुरुप हुनेछ,’ उनले क्वालामपुरमा रहेको ‘औधोगिक तालिम इन्स्टिच्युट’क...

किन रोकियोे ६ अर्ब वैदेशिक अनुदान ?

किन रोकियोे ६ अर्ब वैदेशिक अनुदान ?
काठमाडौँ, २२ पुस । स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ । ससर्त अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा नपठाउँदा सहायता रोकिएको हो । संघीयता कार्यान्वयनसँगै शिक्षाको अधिकार स्थानीय तहमा गएको छ । काम सकेपछि मात्रै दाताहरूसँग भुक्तानी लिने गरी सम्झौता भएकोमा प्रगति विवरण नै नआएपछि दाताहरूले रकम उपलब्ध नगराउने चेतावनी दिएका छन् । केही द...

मनकामना माई बहुउद्देश्यीय सहकारीको १२ औं साधारण सभा सम्पन्न

मनकामना माई बहुउद्देश्यीय सहकारीको १२ औं साधारण सभा  सम्पन्न
आँबुखैरेनी, २१ पौंष । मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आँबुखैरेनी–३, तनहुँको १२ औं साधारण सभा आज सम्पन्न भएको छ । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाईको सभाहलमा सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्वमा सो साधारण सभा सम्पन्न भएको हो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा विशेष अथिती रहनुभएको साधारण सभामा सहकारीका अध्यक्ष भगवानदास मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवदेनमा आर्थिक वर्ष ०७४÷०७५ मा सहकारीको शेय...

इच्छाकामना सुन्तलाको हब बन्दै , एउटै किसानले बेच्छन् २० लाख सम्मको सुन्तला

इच्छाकामना सुन्तलाको हब बन्दै , एउटै किसानले बेच्छन् २० लाख सम्मको सुन्तला
चितवन, १८ पुस । चितवनको एकमात्र गाँउपालिका इच्छाकामना सुन्तला खेतीका लागि निकै उर्वर मानिन्छ । हिमालको चिसो हावा सिधा वहने भएकोले पनि इच्छाकामनाको मुग्लिन र फिसलिङदेखि माथिल्लो भेग सुन्तलाको पकेट क्षेत्रको रुपमा स्थापित भएको छ । हिजोआज इच्छाकामना पुग्ने जो कोहीलाई बोटभरी लटरम्म फलिरहेका पहेलपुर सुन्तलाले मोहित पार्छ । इच्छाकामनाको उकालो लागेपछि प्रत्येक घरमा रहेका सुन्तला वगैचा सो क्षेत्रका जनताको जीवन धान्ने मुख्य आधार बनेको छ । इच्छाकामनामा सुन्तला खेती गर्ने किसानहरुले ...