शिक्षा/स्वास्थ्य

विश्व स्तनपान दिवसको अवसरमा ईच्छाकामनामा साताव्यापी कार्यक्रम

विश्व स्तनपान दिवसको अवसरमा ईच्छाकामनामा साताव्यापी कार्यक्रम
ईच्छाकामना, २२ साउन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाको स्वास्थ्य शाखाले २६ औँ स्तनपान दिवस २०१८ को साताव्यापी कार्यक्रम सम्पन्न गरेको छ । विश्व स्तनपान सप्ताह कार्यक्रमको आज मंगलबार अन्तरकृया कार्यक्रम गरि समापन गरिएको हो । यस अघि साउन १६ गते देखि नै गाउँपालिका भित्रका सवै वडाका स्वास्थ्य संस्थाहरुमा स्तनपान र स्वास्थ्य शिक्षा तथा परामर्श दिई २६ औँ विश्व स्तनपान सप्ताह मनाइएको स्वास्थ्य शाखा इच्छाकामनाका संयोजक धनकुमार खड्काले बताउनुभयो । कार्यक्रममा स्...

पृथ्वी राजमार्गमा ट्रमा सेन्टर सञ्चालन, दुर्घटनाका घाइतेले तत्काल उपचार पाउने

पृथ्वी राजमार्गमा ट्रमा सेन्टर सञ्चालन, दुर्घटनाका घाइतेले तत्काल उपचार पाउने
चितवन,१७ साउन । पृथ्वी राजमार्गअन्तर्गत बढी दुर्घटना हुने चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा सुविधा सम्पन्न ट्रमा सेन्टर सञ्चालनमा आएको छ। राजमार्गमा दुर्घटनमा परी घाइते भएकाहरुलाई तत्काल उपचार गर्ने उद्देश्यले कुरिनटारमा ट्रमा सेन्टरको स्थापना गरिएको हो। अमेरिकी सहयोगमा निर्माण भएको ट्रमा सेन्टर अमेरिकी दूतावासले विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारलाई बिहीबार हस्तान्तरण गरेको छ। २४ शय्याको पृथ्वी हाइवे ट्रमा सेन्टर सञ्चालनमा आएपछि दुर्घटनामा परी घा...

सरकार र डा.केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुदैँ, जुट्ला त सहमती ?

सरकार र डा.केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुदैँ, जुट्ला त सहमती ?
काठमाडौँ, ९ साउन । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ। हिजो साँझ भएको वार्ता सकरात्मक भएपछि आज पुन वार्ता बस्ने सहमती भएको हो । विचाराधीन विधेयक परिमार्जन गरी केसीले उठाएका विषय सम्बोधन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । आज बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुँदैछ।केसीले उठाएका मुख्य मागहरूमा मंगलबार पनि छलफल भएको थियो। उपत्यकामा दश वर्षसम्म मेडिकल कलेज खोल्न दिने वा नदिने, एक विश्वविद्यालयले पाँचभन्दा कलेजलाई सम्बन्धन दिनेरनदिने...

सत्तारुढ नेकपाकै भ्रातृसंस्था राष्ट्रियकरणको पक्षमा

सत्तारुढ नेकपाकै भ्रातृसंस्था राष्ट्रियकरणको पक्षमा
काठमाडौँ, ७ साउन ।  नेकपाका चार भ्रातृसंस्थाले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी बनाउन माग गरेका छन् । वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले नौबुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका हुन् । स्वास्थ्यलाई राज्यको मौलिक हकका रूपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार नि...

डा. केसीको अनशन २३औं दिनमा: न वार्ता, न उपचार !

डा. केसीको अनशन २३औं दिनमा: न वार्ता, न उपचार !
काठमाडौँ, ७ साउन ।  चिकित्सा शिक्षा सुधारका विविध माग राखी २३ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको छ । जुम्लामा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर बनेको भन्दै सरकारले गत बिहीबार उनलाई जबरजस्ती काठमाडौं ल्याएको थियो । तर सरकारले उनको माग सम्बोधन वार्ता प्रक्रिया सुरु गरेको छैन भने उनको स्वास्थ्य उपचारमा पनि चासो दिएको छैन। डा. केसीले आफूलाई जबरजस्ती काठमाडौं ल्याएको विरोधमा स्वास्थ्य जाँच गर्नै दिएका छैनन् । उनलाई काठमा...

आजदेखि डा.केसीका समर्थकहरुले सामूहिक सत्याग्रह गर्ने

आजदेखि डा.केसीका समर्थकहरुले सामूहिक सत्याग्रह गर्ने
काठमाडौँ, ६ साउन । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आजदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।हिजो डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आज (आइतबार) बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा.केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले ड...

डा देवकोटाको राजकिय सम्मानका साथ आज अन्त्येष्टि गरिदैँ

डा देवकोटाको राजकिय सम्मानका साथ आज अन्त्येष्टि गरिदैँ
काठमाडौं,५ असार । सरकारले वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले डा देवकोटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए। ‘उहाँलार्इ राजकीय सम्मान दिने निर्णय भएको छ।,’ मन्त्री तामाङले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, ‘नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदानको सम्मान गर्दै यस्तो निर्णय गरिएको हो।’ डा उपेन्द्र देवकोट...

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो
  काठमाडौं। सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनि...

तीन दशकबढी सेवा गरेका प्रअ शर्माको विदाई, शिक्षामा गरेको योगदानको सबैले गरे प्रशंसा (फोटो फिचर र भिडियो सहित)

तीन दशकबढी सेवा गरेका प्रअ शर्माको विदाई, शिक्षामा गरेको योगदानको सबैले गरे प्रशंसा (फोटो फिचर र भिडियो सहित)
कुरिनटार, २४ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित सर्वशान्ति माध्यामिक विद्यालय कुरिनटारमा तीन दशक भन्दा बढि समय शिक्षण सेवा दिएका प्रधानाध्यापक एकराज शर्मालाई आज एक कार्यक्रमकाबीच विदाई तथा सम्मान गरिएको छ ।आज गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको आतिथ्यमा एक कार्यक्रमकाबीच विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । वि.स.२०४३ साल देखि अहिले सम्म निरन्तर शिक्षक पेशामा आवद्ध याकराज शर्मा ले सर्वशान्ति माविमा १...

सीमान्तकृत र विपन्न विद्यार्थीलाई सहयोग गरि २५ औँ वैवाहिक बर्षगाँठ मनाए मुग्लिनका शिक्षक दम्पतीले (फोटो फिचर)

सीमान्तकृत र विपन्न विद्यार्थीलाई सहयोग गरि २५ औँ वैवाहिक बर्षगाँठ मनाए मुग्लिनका शिक्षक दम्पतीले (फोटो फिचर)
मुग्लिन,१४ बैशाख । शिक्षक दम्पतीले २५ औँ वैवाहिक बर्षगाँठ विद्यर्थाीहरुसंग मनाएका छन् । त्रिवेणी वराह मावि इच्छाकामना ४ मुग्लिनमा शुक्रबार विहान कक्षा संचालन हुन पूर्व सिमान्तकृत र विपन्न परिवारका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर शिक्षक दम्पती यूवराज लामा र इन्द्रमाया लामाले २५ औँ वैवाहिक बर्षगाँठ मनाएका हुन् । विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा एक कार्यक्रम गरि कक्षा २ देखि कक्षा ८ सम्मका गरिवि र सिमान्तकृत समुदायका जलीसा चेपाङ, रेखा चेपाङ, एप...