ईच्छाकामना, २२ साउन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाको स्वास्थ्य शाखाले २६ औँ स्तनपान दिवस २०१८ को साताव्यापी कार्यक्रम सम्पन्न गरेको छ । विश्व स्तनपान सप्ताह कार्यक्रमको आज मंगलबार अन्तरकृया कार्यक्रम गरि समापन गरिएको हो ।
यस अघि साउन १६ गते देखि नै गाउँपालिका भित्रका सवै वडाका स्वास्थ्य संस्थाहरुमा स्तनपान र स्वास्थ्य शिक्षा तथा परामर्श दिई २६ औँ विश्व स्तनपान सप्ताह मनाइएको स्वास्थ्य शाखा इच्छाकामनाका संयोजक धनकुमार खड्काले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक धनकुमार खड्का, दारेचोक स्वास्थ्य चौकीका इन्चार्ज हरिदेवकोटा, विश्व स्वास्थ्य संगठन ९डब्लु।एच।ओ०का सागर शाक्यले स्तनपानको परिचय विगौती दुध र यसको महत्व, स्तनपान नगराउँदाको जोखिम, स्तनपानको सही आसन र सम्पर्क लगायतका बारेमा सहभागी गर्भवती तथा सुत्केरी महिलाहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका नि।प्रशासकिय अधिकृत दिपक सिग्देलले बच्चाको स्वास्थ्यका लागि स्तनपानको ज्ञान अति आवश्यक रहेको र आफुले जानेका बुझेका विषय अन्य गाउँ टोलका छिमेकी गर्भवती तथा सुत्केरी महिलाहरुलाई पनि जानकारी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापती तथा वडा न ५ का अध्यक्ष मोदराज सिलवालले साना साना कमजोरी थाहा नपाउँदा जोखिम निम्त्याउने गरेको बताउनुभयो । उहाँले यस कार्यक्रमले महत्वपूर्ण शिक्षा दिएको बताउदैँ स्वास्थ्य र शशक्त व्यक्ति निर्माणमा इच्छाकामना गाउँपालिका सक्षम रहने विश्वास व्यक्त गर्नुभयो ।
वडा न ५ का वडा अध्यक्ष मोदराज सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदेश्य बारे इच्छाकामना स्वास्थ्य शाखाका सह– संयोजक सुरेश थापाले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा गाउँपालिका भित्रका ७० भन्दा बढि सुत्केरी तथा गर्भवती महिलाहरुको सहभागीता रहेको थियो ।
इच्छाकामना गाउँपालिका र इच्छाकामना स्वास्थ्य शाखाको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको गरिएको हो ।