शिक्षा/स्वास्थ्य

बोल्नै नसक्ने अवस्थामा अनशनरत डा केसी

बोल्नै नसक्ने अवस्थामा  अनशनरत डा केसी
काठमाडौं,१५ माघ । उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन । आगन्तुकहरु हेरेरै फर्किन्छन् ।२० दिनदेखि अनशनतर डा। गोविन्द केसीको मुटुको समस्या बढ्दै गएको छ । उनको दुई पटक एन्जियोग्राम गरिसककिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोलीसमेत निस्किदैन् । मुस्किलले साउती गर्छन् । परेता पाट्टिएका छन् । तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन् । नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन् । उनको इसारा र मनस्थिती बुझेर काम गर...

इच्छाकामना गाउँपालिकाद्वारा निजी स्रोतका शिक्षक व्यावस्थापन गर्दै

हीरालाल गुरुङ कुरिनटार ,१३ माघ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले निजी स्रोतका शिक्षकको व्यावस्थापन सुरु गरेका छन् ।गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा देखिएका समस्या समाधान गर्न गाउँपालिकाले निजी स्रोतका शिक्षकहरुको व्यवस्थापन सुरु गरेका हुन् । “शिक्षामा सबैको पहुँच पु‍¥याई “गुणस्तरीय शिक्षा प्रदान गर्न यो अवधारणा ल्याएका हौँ, शिक्षा ऐन र कार्यविधि पारित गरेर सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेका हौँ ।” गाउँपालिकाकी अ...

नेकपा अध्यक्ष प्रचण्डपत्नी सिता दाहाल अस्पताल भर्ना

  काठमाडौं,६ माघ ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा। युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ । सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको थियो...

होसियार बनौँ सामान्य रुघाखोकीले लिन सक्छ ज्यान

काठमाडौँ,३ माघ । खोकी लागिरहेको छ रु ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिलाउनुस् । नमस्कार गर्नुहोस् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने संक्रामक रोग ९मौसमी रुघाखोकी० का बिरामी अस्पतालमा आउने क्रम बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गत मंसीरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको ¥याल परीक्षण गर्दा १ सय ६८ जनामा ए...

इलाममा अनसनरत डाक्टर केसीविरुद्ध जुलुस

इलाममा अनसनरत डाक्टर केसीविरुद्ध  जुलुस
  इलाम, ३० पुस । विगत ६ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले इलाममा सोमबार जुलुस निकालेका छन् ।‘सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारबाही गर, विधिको शासनको विरोध गर्ने होसियार’जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए । विद्यार्थीले अनसनरत डाक्टर केसीको मागको विरोध गरेका थिए । उनीहरुले अर्का अनसनरत विद्यार्थी तथा सामाजिक अभियन्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले नागरिकका प्रति...

अनशनरत डा केसीको छाति र फोक्सोमा समस्या, बिहानै अस्पताल पुर्‍याइयो

अनशनरत डा  केसीको छाति र फोक्सोमा समस्या, बिहानै अस्पताल पुर्‍याइयो
इलाम,३० पुस । डा. गोविन्द केसीको फोक्सो र छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। अनसनरत डा.केसीलाई सोमबार बिहान इलाम जिल्ला अस्पतालको ओपीडीमा भर्ना गरिएको उनका सहयोगी डा. रामकृष्ण आचार्यले जानकारी दिए। आइतबार केसीको रक्तपरीक्षण तथा पिसाब परीक्षणबाट छाति र फोक्सोमा समस्या देखिएपछि उनलाई बिहानै अनशनस्थलबाट एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पुर्‍याइएको हो। चिकित्सकहरूले उनको स्वास्थ्यबाहे विस्तृत बताएका छैनन्। स्वास्थ्य शिक्षा सुधार लगायतका ६ वटा माग राखी ग...

राजधानीमा स्वाइनफ्लु फैलियो

राजधानीमा स्वाइनफ्लु फैलियो
  काठमाडौँ, ३० पुस ।   स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु बिभिन्न अस्पतालमा भर्ना भएको पाइएको छ । बिषेश गरी जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिएका छन । ती अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्...

जब विदेशमा प्रतिबन्धित छ तर नेपालमा उत्पादन र बिक्री हुदैँ छ यी औषधी !

काठमाडौं,३० पुस । । उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ। तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ। औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन्। खाद्य तथा औषधि व्यवस्थापन ९एफडिए० अमेरिकाले भल्सार्टनयुक्त केही ट्याबलेटलाई क्यान्सरको कारक हुनसक्ने भन्दै वर्गीकरण गरेको छ...

अनसनरत डा. केसीको अवस्था कमजोर बन्दै

अनसनरत डा. केसीको अवस्था कमजोर बन्दै
इलाम,२९ पुस । विभिन्न ६ वटा माग राखी गत बुधबारदेखि अनशनरत डा. गोविन्द केसीको अवस्था कमजोर बन्दै गएको छ। केसीको नसा नभेटिँदा रगत तथा पिसाब परीक्षण गर्न नसकिएको उनका सहयोगी डा। रामकृष्ण आचार्यले जानकारी दिए। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा। केसीको यो १६ औँ अनशन हो। गत बुधबारदेखि इलाम नगरपालिकाको फूलगाछीमा उनी अनशन बसेका हुन्। यसअघि भएको सम्झौता विपरीत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि उनले त्यसलाई अनसनको मूल मुद्दा ...

कर्तव्यनिष्ट महिला समाजद्वारा मुग्लिनमा निशुल्क आँखा शिविर

कर्तव्यनिष्ट महिला समाजद्वारा मुग्लिनमा निशुल्क आँखा शिविर
मुग्लिन,२८ पुस । मुग्लिनमा एक दिने आँखा शिविर सम्पन्न भएको छ। कर्तब्यनिष्ठ महिला समाज इच्छाकामना ५ मुग्लिङ्गको आयोजनामा र भरतपुर आंखा अस्पतालको सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो । बरिष्ट डक्टरहरू द्वारा आँखा जाच गरिएको थियो । शिविरमा आँखा परिक्षण, निशुल्क औषधि वितरण र निशुल्क आँखाको अप्रेशन समेत गरिएको थियो । प्रदेश न ३ का माननीय प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठले आँखा शिविरको उद्घाटन गर्नुभएको थियो ।