क्यानडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना सकंक्रमण
एजेन्सी : चीनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । क्यानडाको सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले जानकारी दिएको हो ।
यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए ।
ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खो...








