
एजेन्सी- भारतको राजधानी दिल्लीको उत्तरपूर्वी इलाकामा भएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ । नागरिकता संशोधन कानूनको पक्ष र विपक्षमा दिल्लीमा भइरहेका विरोध प्रदर्शन हिंस्रक बनेपछि २०० भन्दा बढी मानिस घाइते भएका छन् ।
गुरु तेग बहादुर अस्पतालका एमडी सुनिल कुमार गौतमले १८ जनाको मृत्युको पुष्टि गरेका छन् ।
स्थितिको जाँचबुझका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल मंगलवार अबेर राति हिंसा प्रभावित क्षेत्रमा पुगेको छन् ।
हिंसा चल्दै गर्दा घाइतेहरूलाई अस्पताल लग्नका लागि एम्बुलेन्समाथि पनि भीडले आक्रमण गर्ने जोखिम रहेको छ । त्यसैले सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूको एक संस्थाले दिल्ली उच्च अदालतमा निवेदन दिँदै प्रहरी सुरक्षाको माग गरेको छ । राति नै त्यसमा सुनुवाइ गर्दै अदालतले दिल्ली प्रहरीलाई मुस्तफाबादका अस्पतालहरूमा भर्ना भएका सबै घाइतेलाई नजिकैका राम्रा अस्पतालमा लग्न आदेश दियो ।
दिल्ली हिंसाका कारण भारतमा रहेका मुसलमानहरूमा चिन्ता उत्पन्न भइरहेको विपक्षी दल कांग्रेसको भनाइ छ । सरकारले यो कानून फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको छ ।
उक्त क्षेत्रमा धारा १४४ ९दुई वा तीनजनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने० प्रावधान लागु गरिएको छ ।