अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी
वासिंटन : अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ ।
ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति पनि हुन् । उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा...