माघ, १९ कुरिनटार । इच्छाकामना गाउँपालिकाले यहि आर्थिक वर्ष बाट सुरु गरेको स्थानीय उत्पादन बाह्य बिक्री कर संकलनले  अवैध  रुपमा असुली गरिरहेको भनी व्यावसायिहरुले आक्रोश व्यक्त गरेका छन।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको निर्णय अनुसार विधिवत प्रक्रिया पश्चात्आ स्ना कंस्ट्रक्सनले गाउँपालिकाको ३ स्थानमा संकलन केन्द्र राखी इच्छाकामना गाउँपालिका भित्र उत्पादित ढुङ्गा,गिट्टी,बालुवा,इट्टा,कटिङ ढुंगा,माटो,फलफुल,तरकारी तथा बन जन्य खएर,काठ,दाउरा,गोलिया,जडिबुटि,भुस,पराल, पिना  ,हाड,सिङ,छाला,चौपाया,दौपाय,कवाडी,माछा तथा अन्य शीर्षकमा कर उठाउदै आएको छ। काठमाडौँ तर्फ जाने गाडीलाई फिश्लिङ बजारमा पोखरा तर्फ जाने गाडीलाई मुग्लिङ बजार र नारायणगढ तर्फ जाने गाडीलाई रिग्दी खोलामा कर संकलन केन्द्र राखी कर उठाइएको छ।

सडक संजालको लाइफ लाइन अन्तर्गत पर्नी मुख्य सडकमा कर संकलन केन्द्र राखी स्थानीय उत्पादन र बाह्य उत्पादनमा समेत कर उठाएपछि व्यावसायिहरु आक्रोसित बनेका छन । बाह्य स्थानीय निकाय र जिल्ला बाट लेराएको सामाग्री हरुमा समेत स्थानीय उत्पादनको बाह्य बिक्री करको रसिद काटेर चर्को रकम उठाए पछि राष्ट्रिय फलफुल तथा तरकारी बिक्री संघ कास्कीका कार्यसमिति सदस्य दुर्गा कंडेलले प्रहरीमा उजुरी समेत दिएको बताउनु भएको छ। “धेरै ठाउँ पुगियो धेरै जना संग कुरा गरियो यो अवैध हो भन्ने पनि भयो तर कर उठाउन छोडेको छैन । विभिन्न बाहनामा रसिद काटेरै छोड्छन यो त दादागिरी भएनर।” अध्यक्ष कंडेलले इच्छाखवर संग भन्नू भयो ।
गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले अब त्यसरी कर नउठाइने भनेर बारम्बार आश्वासन दिए पनि कर संकलकले विभिन्न बाहनामा बखेडा झिकेर दादागिरी शैलीमा कर लिने गरेको गरेको र प्रमाण नै अध्यक्ष लाई पेश गर्दा समेत सुनुवाइ नभएको उहाँको आरोप छ।

बाहिर बाट आएको सामाग्रीमा पनि इच्छाकामना गाउँपालिकाले कर उठाएको बारे अध्यक्ष गिता कुमारी गुरुङ संग कुरा गर्दा उहाँले केही समय पहिले स्थानीय उत्पादित बस्तुहरु पनि झुक्याएर बाहिरको भनेर कर नतिर्दा कर संकलकले बाहिरको सामाग्रीमा पनि कर लिएका
तर अहिले अनुगमन पश्चात बाहिरको हो भनी आवश्यक प्रमाण र कागजपत्र भए कसै संग कर नउठाएको र उठाएको भए तत्काल कर संकलकलाई कार्वाही गर्ने बताउनु भएको छ।