कुरिनटार, १० पुस । चितवनको इच्छाकामनामा पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति संघ, भरतपुर आखाँ अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना ४ कुरिनटारमा आँखा अस्पताल संचालनमा आएको हो । केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले एक कार्यक्रमकबिच उद्घाटन गर्नुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष गीता कुमारी गुरुङले अब आखाँको समान्य समस्या आउदाँ पनि भरतपुर जान पर्ने समस्याको सामाधान भएको बताउनुभयो । उहाँले सबै नागरिकलाईि स्वास्थ्य सेवा पु¥याउनका लागि सबै वडामा स्वास्थ्य चौकीहरु स्थापना गरिएको बताउनुभयो । दुरदराजका बस्तीहरुमा पनि स्वास्थ्य सेवा पु¥याइएको उहाँको भनाइ छ । यस अघि सिटामोल र जिवनजल समेत नपाएर ज्यान गुमाउनु पर्ने अवस्था रहेकोमा आफुहरु निर्वाचित भएर आएपछि त्यसको अन्त्य गरिएको उहाँले बताउनभयो । आँखा उपचार सेवा केन्द्र स्थापना गर्ने आफ्नो सपना पुरा भएको बताउनुभयो । भरतपुर आँखा अस्पतालमा पाउने सम्पुर्ण सुविधा दिने गरि यस उपचार केन्द्रलाई विकास गरिने बताउनुभयो।


वडाध्यक्ष होम बहादुर रानाले इच्छाकामना गाउँपालिका मात्र नभइ छिमेकी जिल्ला गोरखाको गण्डकी ,सहिद लखन र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका जनताले पनि सुविधा पाउने बताउनुभयो । भौगोलिक दृष्टिकोणले छिमेकी गाउँपालिकाहरुका लागि पनि कुरिनटारमा रहेको आँखा उपचार केन्द्र उपयुक्त स्थान भएको उहाँको भनाई छ ।
नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य चित्र कुमार मास्केले आँखा उपचार केन्द्रमा कम भन्दा कम शुल्क लिने गरेको बताउनुभयो । नाफा भन्दा पनि सेवाको भावनामा देशभर १२१ स्थानमा केन्द्र संचालन गरिरहेको उहाँले बताउनुभयो । नेत्र ज्योति संघले देशका ३५० स्थानमा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले नेत्रज्योति संघको आँखा उपचार केन्द्र सञ्चालन अभियान विश्वकै उत्कृष्ट भएको बताउनुभयो। बजारमा मात्र केन्द्रित नगरी गाउँगाउामा स्थापना गर्ने उहाँले बताउनुभयो । आँखा उपचार केन्द्रमा कम्तीमा कम्तीमा ७५ प्रतिशत आँखाका रोगहरु उपचार हुने हुने बताउनुभयो । यहाँ कर्मचारी र व्यावस्थापन खर्चका लागि मात्र सेवा ग्राहीहरुबाट न्यून शुल्क लिने उहाँको भनाई छ ।


कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ इन्टरनेश्लले उपकरणहरु उपलब्ध गराउने प्रतिवद्ध रहेको बताउनुभयो । लायन्स क्लबले विशेष गरि आँखामा नै बढी काम गर्ने भएकाले आँखा उपचार केन्द्रलाई सहज बनाउने विभिन्न कार्यक्रहरु गरि संरक्षणको भूमिका प्रदान गर्ने पनि बताउनुभयो  ।

कार्यक्रममा नेत्र ज्योति संघ वागमती प्रदेशका सभापति ऋृषिराम पौडेल, नेपाल नेत्रज्योति संघ चितवनका संयोजक कृष्णराज धरेल इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल अन्य जनप्रतिनिधि स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेका थिए ।