रबिकिरण रेग्मि 


गण्डकी गाउँपालिका २२ अश्विन,
गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ मा एक जना २२ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।                                                                                        क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनलाइ कोरोना पोजिटिभ पुष्टि भएको थियो। स्थानिय २२ बर्षिय युबतिको ट्राभेलिङ हिस्ट्री नभएको र कन्ट्याक्ट टेसिङ अन्तर्गत परिक्षण गर्दा पोजिटिभ पाइएको गण्डकी स्वास्थ निर्देशनालयले जनाएको छ।  गाउँपालिका स्वास्थ्य शाखा प्रमुखले पनि एक सुचना जारी गरि पोजिटिभ रिपोर्ट आएको   पुुुष्टि गरेेका  छन।