कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै आईतबारबाट मात्रै सञ्चालनमा आएका इच्छाकामना गाउँपालिकाका १५ वटा विद्यालयमा पठन पाठन बन्द गर्न गाउँपालिकाले निर्देशन दिएको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै ती विद्यालयहरुमा पठन पाठन बन्द गर्न निर्देशन दिएको हो।
ती विद्यालयहरु आगामी २४ गतेसम्मलाई बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिनुभयो।
ती विद्याालयहरुमा बैकल्पिक सिकाई सहजीकरणमा भने भने गर्न सकिने कुनै बाधा नहुने उहाँले जानकारी दिनुभयो ।
शाखा प्रमुख खड्काका अनुसार बन्द गर्न निर्देशन दिएका विद्यालयहरु बाहेक कोरोना संक्रमणको जोखिम कम भएका अन्य विद्यालयहरुमा भने पठनपाठन यथावत रहनेछ।

इच्छाखबर संवाददाता












