कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकामा संघिय कार्यक्रम अन्तरगतको बाख्रा पकेट अनुदान कार्यक्रममा अनियमितता गरिएको आरोप लागेको छ।                                                                                         गत आर्थिक बर्षको बाख्रा पकेट एरियाको लागि छुट्टाइएको १५ लाख रुपैया मध्य इच्छाकामनाका सिराइचुली कृषक महिला समूह र इच्छाकामना मासु उत्पादक समूहलाई ७ लाख पचास हजारको दरले छुट्टयाइएकोमा असार मसान्तसम्म काम गर्न नसकिएको कारण सिराइचुली कृषक महिला समूहलाई छुट्टयाइएको रकम फ्रीज भएको भएपनी वडानम्बर ५ मा रहेको इच्छाकामना मासु उत्पादक समूहलाई पछि काम गर्ने सर्तमा कामनै नगरी गत असार ३१ गते ७ लाख ५० हजार भुक्तानी गरिएको हो। कामनै नगरी ७ लाख ५० हजार रकम बुझेको इच्छाकामना मासु उत्पादक समुहले हिजो स्थानियलाई बितरण योग्य नदेखिने १४ वटा बोयर क्रस बोका बितरण गरेपछि पहिले भुक्तानी लिएर पछि काम गरेको रहस्य खुलेको हो। ११ वटा ठूलो र ३ वटा सानू बोयर क्रस बोका प्रति बोका ठुलोलाइ ५ हजार र सानालाई ३ हजारको दरले कृषक संग लिएर बितरण गरिएको थियो। बाख्रा पकेट अनुदानको बजेटमा अनियमितता भएको बिषयमा प्रश्न गर्दा इच्छाकामना पशु सेवा साखा प्रमुख दिपक पुरिले कानुनी जटिलता भए पनि कृषकको लागि आएको पैसा फ्रीज नहोस भनेर ब्यबहारिकतालाइ ध्यान दिदै ससर्त एउटा समुहलाइ गत ३१ गते रकम भुक्तान गरिएको र उक्त समुहले अहिले काम गरेको स्विकार्नु भएको छ। उहाँका अनुसार बाख्रा पकेट अनुदानको रकमले त्यति १४ वटा बाख्रा खरिदमात्र गर्ने नभै त्यही बजेट अन्तरगत खोर सुधार तथा मासु ठेला बितरण लगाएत काम गर्न बाँकिनै रहेको जानकारी दिनु भएको छ।
वडाध्यक्ष मोदराज सिलवालले आफु हस्पिटलमा रहेको यस विषयमा खासै जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“यदि उक्त रकमले १४ वटा बोका मात्र खरिद गरिएको हो भने त्यो गलत भएको र अन्य कार्यक्रमहरु गर्न नै बाँकी रहेको हुन सक्छ । ”

इच्छाकामना मासु उत्पादक समूहका हरि नेपाललार्य यस विषयमा बुझ्न खोज्दा उहाँले फोन उठाउनुभएन । कामनै नगरी रकम भुक्तानी गरिएको पाइएपछी त्यो कसरी सम्भव भयो र भुक्तानिको लागि जाली डकुमेन्ट बुझाउन र पास गर्न को को सामेल भए भनेर अहिले सामाजिक संजालमा यो बिषयले स्थान लिएको छ ।