चितवन आज (शनिबार) कोरोना पुष्टि भएका मध्ये एक जना राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।

बैंकको फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

केहीदिन यता सो बैंकमा पुगेका सबैलाई क्वारेन्टिनमा बस्न उहाँले आग्रह गर्नुभएको छ ।