रवि किरण रेग्मी,गण्डकी गाउँपालिका,

गोरखाको गण्डकी गाउँपालिका अन्तर्गत वडा नं ७ मा रहेका आर्थिक अवस्था न्यून भएका १४० घर परिवारको लागि कुशल तारा प्रोजेक्टको आर्थिक सहयोगमा गण्डकी गाउँपालिका वडा नम्बर ७ र घ्याल्चोक समाज सुधार युवा क्लबको समन्वयमा राहत वितरण गरिएको छ ।

राजमार्गबाट नजिक भएता पनि बिश्वभर फैलीएको कोरोना भाइरस (कोभिड १९ ) संक्रमणको कारण ज्याला मजदुरी गर्न समस्या भएको तथा निरन्तरको बर्षाको कारण बाढी पहिरो आएर घर तथा खेतीपातिमा क्षति पुर्याएर आफ्नो दैनिकी गुजारा गर्न गाह्रो भएका घर परिवारलाई राहत वितरण गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष तुलसी रेग्मी , वडाका अन्य बुद्धिजिवि ब्यक्तिहरुको उपस्तिथिमा राहत वितरण गरेको कुशल तारा प्रोजेक्टको प्रतिनिधि जानकारी दिनु भयो । गण्डकी गाउँपालिका ७ मा समस्यामा परेका लाई राहत वितरण गर्न स्थानिय आशिष रेग्मिले पहल गर्नु भएको थियो। उहाले आगामी दिन हरुमापनी यस्तै राहात र सहयोगको लागि आफुले सकारात्मक भुमिका निभाइ रहने बताउनु भएको छ ।

प्रोजेक्टले गण्डकी गाउँपालिका वडा नम्बर ७ मा समस्यामा परेका र न्यून आर्थिक अवस्था भएका १४० घर चेपाङ , दलित तथा सीमान्तकृत समुदायको लागि १४० बोरा चामल , १४० लिटर तेल , २८० किलो दाल र १४० पोका नुन वितरण गरेको छ ।