२७ चैत्र,

हिन्दु धर्म सास्त्रमा भनिएको छ एउटा हातले दान दिएको कुरा अर्को हातलाई पनि थाहा नहोस। तर जमाना फेरियो दान वीर र मन वीर हरु अब मोक्ष प्राप्तीको लागि दान गर्दैनन गर्छन त केवल स्वार्थको लागि जुन  स्वार्थ जन प्रतिनिधि हरु लाई मैले गरेको भनेर नाक ठाडो पार्न नेताको लागि चुनाव जित्न अनि अन्यको लागि आफू र आफ्नो संस्था चिनाउन। त्यसैले त महायज्ञ लगाउदा धेरै धन दान दिने   दानवीर हरु लाई हात्तीमा चडाएर गाउँ बजार घुमाउने अफर दिइन्छ।

विश्व आक्रान्त छ कोभिड १९ कोरोना भाइरसले। देश लकडाउन छ दैनिक ज्यालामजदुरि गरेर आफू र घर परिवार पालिरहेका गरिव जनता लाई अहिले हात मुख जोड्न गाह्रो हुने अवस्था आएपछि संघीय सरकार ,प्रदेश सरकार र स्थानिय सरकार राहत बितरणमा दत्त चित्त भएर लागि परि रहेका छन ।राहत बितरण त भै रहेको छ तर राहत लिगेर घर फर्केका धेरैको मन खुसी छैन अझ अमिलो भैरहेको छ कारण को गरिवीको मजाक।

समाजमा अहिले प्रस्ट दुई सामाजिक वर्ग देख्न सकिन्छ एउटा वर्ग हुदा खाने र अर्को वर्ग हुनेखाने।  हुने खाने वर्ग सेल्फ क्वारेन्टाइनमा बस्दा निकै मिठा खानेकुरा हरुको स्वाद चाख्दै छन उनिहरु संङ अझ दुई तीन  महिना लाई पुग्ने नुन देखि सुन सम्म छ । तर हुदा खाने वर्ग कसैले काम दिन्छ कि भन्ने आसमा राहातको पर्खाइमा दिन गुजार्छन। राहात त आउँछ तर  मन अमिलो हुन्छ जब राहात सङै राहात दिने हरुले त्यही गरिविको मजाक गरिदिन्छन। हामी दिने मान्छे उनिहरु गरिव माग्ने मान्छे भने  जसरी एक पोका राहात हातमा थमाउदै मुसुक्क हासेर कोहिले भिडियो अनि कसैके फोटो खिच्छन अनि अप्लोड गर्छन फेसबुकमा आज यी यी लाई हाम्ले राहात सामाग्री वितरण गरेम। यो भन्दा भद्दा मजाक के हुन सक्छ?

चितवनको इच्छाकामना गाउँपालिका पनि गरिवीको भद्दा मजाक गराउने र सरकारको कोरोना बिरुद्दको अभियानमा बनाइएका नियम हरु उल्लंघन गर्दै राहतको नाममा आफ्नो, आफ्नो पार्टी र संस्थाको नाममा राहत हस्तान्तरण गरियो भन्दै फोटो र भिडियो हाल्ने प्रचलन मोह नै देखिन्छ। केही दिन अगाडि नेपाली कांग्रेस इच्छाकामना, नेकपा इच्छाकामना लगायतले राहात सामाग्री एक द्वार प्रणालीमा अनुसार  वितरण गर्न गाउँपालिका लाई हस्तान्तरण गर्यो तर त्यहा अचम्मको दृश्य देखियो जस्ले नेता र जनप्रतिनिधि हरुलाइ सरकारको नियम उल्लंघन गरेको अलिकती पनि हेक्का भएन न थोरै लाजनै लाग्यो आफैले नियम मिचेकोमा।

उता वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी लागु गरेको हो ।
जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।
संदेनशील घडीमा मानवीय संवेदनलाई मध्येनजर राख्ने भन्दै सो निर्णय गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ स्थानीय तहलाई आवश्यक कार्यविधि निर्माण गरी लागू गर्ने अधिकार दिइएको छ । जस्ले आफै नियम बनाएर फोटो भिडियो प्रतिबन्ध लगाउन सक्ने अधिकार दिएको छ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनका कारण समस्यामा परेका विपन्न र ज्यालादारी मजदुरलाई राहत वितरण गरेको फोटो, भिडियो नखिच्न र प्रचार नगर्न आग्रह गरेको छ ।तर स्थानीय सरकारहरुले त्यसको बेवास्ता गरेका छन् । राहत वितरणको सस्तो प्रचारबाजीले जनमानसमा राम्रो सन्देश नजानेतर्फ स्थानीय तहहरुको ध्यानाकर्षण गराए पनि स्थानीय सरकारहरुले यसको ख्याल गरेको पाइँदैन । यता इच्छाकामना गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नै  सानो पोका राहात दिएको फोटो खिचाउन पोज दिदै छन उनिहरु लाई कस्तो मोह छ खै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को अनुरोधको समेत पतो नहुने ।

हो यो विषम परिस्थितिमा गरेको कामको जस दिनु पर्छ हाम्रा जन प्रतिनिधि नेता जो आफ्नो स्वास्थको पनि ख्याल नगरी बिचल्लीमा परेका जनताको उद्दार देखि भाइरस संक्रमण विरुद्धको अभियानमा खटि रहनु भएको छ तर के गाउँपालिका लाई राहात सामाग्री कसैले  हस्तान्तरण गर्दा अनि जन प्रतिनिधिले जनतालाई राहत वितरण गर्दा फोटो भिडियो खिचियन भने हुन्छ चै के? नेता तथा जन प्रतिनिधिले आफू लाई ती विपन्न राहात लिन आएका ब्यक्तीको लाइन मा राखेर कहिले सोचेका छन? यो भद्दा गरिविको मजाक गर्न कहिले बन्द होला।