एक कार्यक्रमका बिच अबिशा इन्टरप्राइजेज TVS मोटरसाइकलको शोरुम भरतपुर २१पार्वतीपुरमा उदधाट्न भएको छ।

अबिशा इन्टरप्राइजेजका प्रबन्धनिर्देश बिकाश घिमिरे को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम मा प्रमुख अतिथी चितवन अटो मोबाइल एसोसिएसनका अध्यक्ष अमृत जोशी,बिशिस्ट अतिथी भरतपुर माहानगरपालिका २१ का वडा अध्यक्ष चित्रसेन अधिकारी,भरतपुर २४ का वडा अध्यक्ष कान्छा मल्ल लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम मा बिशिस्ट अतिथी चित्रसेन अधिकारी ले आफ्नो वडामा अबिशा इन्टरप्राइजेजले चनौली पछि पार्बतिपुरमा शाखा बिस्तार गरेकोमा स्वागत गर्दै सफलताको शुभकामना ब्यक्त गर्नु भयो।यस्तै प्रमुख अतिथी अमृता जोशिले TVS का बाइक तथा स्कुटी नै राम्रो र बलियोमा नम्बर १ रहेको बताउनु भयो। कार्यक्रमका सभापति तथा प्रोपाइटर बिकास घिमिरेले पश्चिम चितवनको अमृतचोक पछि चनौली र चनौली पछि पार्बतीपुरमा शाखा बिस्तार गरेर तिनै ठाउमा आफुले राम्रो सेवा दिएको र अझै राम्रो सेवा प्रदान गर्ने बताउनु भयो।

कार्यक्रम TVS का बाइक तथा स्कुटी सहितको र्याली बाट सुरुभएको थियो।