काठमाडौ ,

भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०१९’ मा ६२ लाख रुपैयाँ हाराहारी पर्ने बाइक राखिएको छ ।

बिश्व प्रख्यात एमभी अगस्टाको एफ ४ मोडलको बाइकले धेरैको ध्यान तानेको हो  । एमभी अगस्टा एफ ४ बाइकको मूल्य ६१ लाख ९० हजार रुपैयाँ छ । इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ सीसी इन्जिन क्षमता छ । बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । बाइकको तौल १९१ किलोग्राम छ भने इन्धन ट्यांकी १७ लिटरको छ ।

अत्यधिक महंगो मध्यको यो  बाइक नेपाली बजारमा भेलोसिटी प्रालिले भित्र्याएको हो ।