सवारीसाधनमा विभिन्न कारणले डिप तथा लाइट स्क्रयाच हुने गर्छ । यस्ता स्क्रयाचले कारको स्वरुप र सुन्दरमा नै प्रभाव पार्ने हुँदा कारधनीहरु निकै चिन्तित हुने गर्छन् । 

बजारमा यस्ता स्क्रायाच हटाउन विभिन्न कम्पनीले स्क्रयाच रिमुभहरु ल्याएका छन् । धेरै किसिमका यस्ता रिमुभर पाइएपनि अमेजोनले उत्कृष्ट सुचीमा राखेको केही प्रभावकारी स्क्रयाच रिमुभरको लिस्ट यस्तो रहेको छ । जसको प्रयोग कार र बाइकसहित सबै किसिमका सवारीसाधनमा गर्न सकिन्छ । 

थ्रीएम स्क्रयाच रिमुभर 


कार, बाईक, ट्याक्सीलगायतका सवारी साधनको पोलिस जाने गरि भएको स्क्रयाच रिमुभका लागि सस्तो, राम्रो र भरपर्दाे उपायको रुपमा थ्रीएम स्क्रयाच रिमुभरको प्रयोग गर्न सकिन्छ । 

अटो ब्रान्डको विश्वसनीय तथा प्रसिद्ध थ्रीएम स्क्रयाच रिमुभरको प्रयोग स्क्रयाच, स्विल मार्कसलगायतका प्रयोजनको लागि गरिन्छ । रिमुभर निर्माण कम्पनीले अन्य ब्रान्डको तुलनामा यसको प्रभावकारिता धेरै भएको दाबी गरेको छ । यसको मूल्य करिब ३ हजार रुपैयाँ रहेको छ । 

म्यागुइअर मिरर ग्लेज अल्ट्रा कट कम्पाउंड


थ्रीएम जस्तै विश्वनीय रिमुभरको रुपमा चर्चित छ, म्यागुइअर मिरर ग्लेज अल्ट्रा कट कम्पाउंड । बजारमा उपलब्ध सम्पूर्ण सवारीसाधानमा प्रयोग गर्न सकिने म्यायुअर सुपर माइक्रो घर्षण टेक्नोलोजीको रुपमा लिइन्छ । 

यसलाई स्क्रयाच, डिफेक्ट, एसिड रेन लगायतको प्रयोजनको रुपमा लिने गरिन्छ । यसलाई हातले, डबल एक्सन पोलिसर वा रोटरी बफरको सहयोगमा प्रयोग गर्न सकिन्छ । यसको मूल्य २५ सय रुपैयाँ हाराहारीमा पर्छ ।  

केमिसन गाईज स्क्रयाच एन्ड स्विल रिमुभर 


स्क्रयाच २.० हटाउनकै लागि केमिसन गाईज स्क्रयाच एन्ड स्विल रिमुभरको डिजाइन गरिएको हो । पेन्ट स्किम वा कलरमा पुगेको स्क्रयाचलाई यसले सहजै हटाउ मद्दत पुर्याउछ । डिप स्क्रयाच हटाउन यसको प्रयोग मात्र पर्याप्त नहुने प्रयोगकर्ताको अनुभव छ । यसको मूल्य २ हजार रुपैयाँ पर्ने छ ।

फर्मुला १ स्क्रयाच आउट 


कारमा लागेको सामान्य स्क्रयाच हटाउँन यसको प्रयोग गर्न सकिन्छ । बजारमा पाइने अन्य रिमुभर जस्तै यसको प्रयोगले असामान्य ढङ्गका डिप स्क्रयाच हटाउन सकिदैन । सामान्य किसिमका दाग, स्क्रयाच हटाउन प्रयोग हुने यो रिमुभरको मूल्य ९ सय रुपैयाँ हाराहारीमा पर्छ ।

थ्रिएम स्क्रयाच एन्ड स्कुफ रिमुभल किट 


स्क्रयाच हटाउँनका थ्रिएम स्क्रच एन्ड स्कुफ रिमुभल किट राम्रो विकल्पको रुपमा लिने गरिन्छ । रिमुभल किट किफायती, प्रयोग गर्न सहज हुनका साथै सस्तोपनका कारण चर्चित छ । डिप स्क्रयाच नभई सामान्य स्क्रयाच, धब्बा हटाउन यसको प्रयोग गर्ने गरिन्छ  । यसको मूल्य १५ सय रुपैयाँ हाराहारीमा पर्छ ।  

स्क्रयाच प्रो किट 


डायमन्ड पावर टेक्नोलोजीका रुपमा प्रयोग हुदै आएको स्क्रयाच प्रो किट प्रभावकारी स्क्रयाच रिमुभरको रुपमा लिईन्छ । मनी रिटर्न ग्यारेन्टीको सुविधासहित कम्पनीले रिमुभरको बिक्री वितरण गर्ने गरेको छ । 

कुनै प्रविधिको प्रयोगबिना नै हातले प्रयोग गर्न सकिने रिमभुर निक्कै सुरक्षित स्क्रयाच रिमुभरको रुपमा लिइन्छ । यो किट अन्य प्रविधिको तुलनामा महङ्गो छ । १२० एमएल साइजमा यसको मूल्य  १६ सय रुपैयाँ भन्दा बढी पर्छ ।

ब्यारेट ज्याक्सन कार स्क्रयाच रिमुभर 


अन्य रिमुभर जस्तै सवारी साधनमा लागेको स्क्रयाच हटाउन ब्यारेट ज्याक्सन निक्कै उपयोगी मानिन्छ । लाइट स्क्रयाच हटाउन यसको प्रयोग गर्न सकिन्छ । 

अन्य रिमुभरको तुलनामा यसको प्रयोग प्रभावकारी हुने कम्पनी दाबी छ । यसको मुल्य पनि अन्य रिमुभरको तुलनामा केही बढि १६ सय रुपैयाँ हाराहारीमा पर्छ । 

साभार ; www.meroauto.com