चितवन,२२ कात्तिक । चितवनको माडीमा दुई ओटा मेडिकलमा ताला लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार मञ्चका प्रतिनिधी सहित पुगेको अनुगमन टोलीले बजारको अनुगमन गरि दुइवटा मेडिकल बन्द गराएको हो ।
तारा मेडिकल, र बिश्वास फामेर्सी बन्द गराएको हो । बिश्वास फार्मेसीले अस्पतालकै रुपमा सञ्चालन गरेको पाइएकाले त्यहाँ रहेका बिरामी हटेपछी इलाका प्रहरी कार्यालयलाई फामेर्सीमा ताला लगाउन निर्देशन दिएको र प्रक्रिया पुगेपछी मात्रै सञ्चालन गर्न दिन भनेको शर्मा बताउँछन्।
त्यस्तै टोलिले एक दर्जन बढी किराना पसल होटल तथा मासुपसलहरको अनुगमन गरेको अनुगमन अधिकृत शर्माले बताए।
अनुगमनका क्रममा अधिकांस पसलहरु दर्ता गरेरै सन्चालनमा आएको भेटिएको र केही पसलहरुले भने म्याद नाघेको पेय पदार्थ बिक्री गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरिक्षक प्रवीण तिवारीले बताए। म्याद नागेका बस्तु बिक्री गर्ने माथि मुद्दा चलाइने तिवारी बताउँछन्। टोलीमा उपभोक्ता अकिार संरक्षण मञ्चका उपाध्यक्ष बिष्णु भुषाल, उद्योग बाडिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य लगायतको उपस्थिति थियो।