शिक्षा/स्वास्थ्य

पछिल्लो २४ घण्टामा १९४८ संक्रमित, ३१४० संक्रमणमुक्त, २८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १९४८ संक्रमित, ३१४० संक्रमणमुक्त, २८ जनाको मृत्यु
काठमाडौं:  नेपालमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १३८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९४८ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३१४० जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् ...

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख ३२ हजार विद्यार्थी सहभागी

कक्षा १२ को  परीक्षा आजदेखि सुरु, ४ लाख ३२ हजार विद्यार्थी सहभागी
काठमाडौै : कोभिड १९ का कारण रोकिएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन्। देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन्। विद्यार्थी धेरै रहेको परीक्षा क...

पछिल्लो २४ घण्टामा २ हजार ७५३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ७५३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु
काठमाडौं  : पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ हजार २ सय ६ सय जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय ५३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । संक्रमितमध्ये १ लाख ५५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुम...

कोरोना कहर : चितवनमा यस बर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने

कोरोना कहर :  चितवनमा यस बर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने
  चितवन, २२ कात्तिक । चितवनमा यस बर्षको तिहारमा देउसीभैलो खेल्न नपाउने भएकोछ । जिल्ला प्रशासन कार्यालय चितवनले यस बर्ष कोरोना फैलने सक्ने भन्दै देउसीभैलो नखेल्न आग्रह गरेको हो । प्रशासनले नजिकिदै गरेको नेपालीको दोस्रो महान् पर्व तिहारमा देउसीभैलो खेल्दा कोरोना संक्रमण झन् भयावह हुन सक्ने भन्दै देउसीभैलो नखेल्न आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार तिहारमा घरदैलोमा जाने, देउसीभैलो खेल्ने, आसिस दिन, दान दक्षिणा उठाउने काम गर्न पाइने छैन । ...

शनिबार गोरखामा थपिए ३० जना कोरोना संक्रमित

शनिबार गोरखामा थपिए ३० जना कोरोना संक्रमित
गोरखा,२२ कात्तिक । आज गोरखामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।संक्रमण देखिएकाहरुमा सरकारी कार्यालयका चालक, वडा कार्यालयका कर्मचारी देखी सहकारीमा पैसा उठाउने कर्मचारीहरु सहित ३० जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो । निर्देशनालयले जारी गरेको सूचना अनुसार गोरखा नगरपालिकामा १४ जना पुरुष र ५ जना महिलामा संक्रमण देखिएको छ भने पालुङटार नगरपालिकामा २ महिला र १ पुरुषमा संक्रमण देखिएको जनाएको छ । त्यस्तै गरी जिल्लाको अजिरकोटा गाउँपाल...

सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने
काठमाडौं : कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यो फैसला गरेको हो । सर्वोच्चले १५ असोजमा पीसीआर टेस्ट र उपचार निःशुल्क गर्न सरकारको नाममा परमादेश दिएको थियो । तर कोरोना संक्रमणको परीक्षणको शुल्क लिनु संविधान र कानुन सम्वत भएको जिकिर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकनको नि...

चितवनमा ७९जनामा स्क्रब टाइफस र २७ जनामा डेंगु

चितवनमा ७९जनामा स्क्रब टाइफस र २७ जनामा डेंगु
  चितवन :  चितवनका स्क्रब टाइफस र डेंगुका बिरामी बढेका छन् । साउन १ गतेदेखि हालसम्म चितवनको मात्र ७९ जनामा स्क्रब टाइफस र २७ जनामा डेंगु देखिएको छ । चितवनमा उपचार गर्न आएका बाहिरी जिल्लाका ८६ जनामा स्क्रब टाइफस र ६ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिका सबै भन्दा बढीमा स्क्रबटाइफस र डेँगुका बिरामी देखिएका छन् । भरतपुरमा ४२ जना स्क्रब टाइफस र १५ जनामा डेंगु पाइएको छ । त्यस्तै खैरहनीका स्क्रब टाइफसका १० र डेंगुका...

इच्छाकामनाका १ सहित चितवनका ३५ जनामा कोरोना संक्रमण

इच्छाकामनाका १ सहित चितवनका ३५ जनामा कोरोना संक्रमण
चितवन :L  आज सोमबार चितवनमा गरिएको परिक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ३५ सहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिकाका २६ जना,रत्ननगरका ३, राप्तीका ३, खैरहनीका २  र इच्छाकामनाका १ जना रहेका छन् । ९ जना भने अन्य जिल्लाका रहेका छन् । गोेरखाकाका १जना, धादिङका २ र नवलपरासीका ६ जना रहेको अस्पतालले जनाएको छ ।

चितवनमा थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु

चितवनमा थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु
चितवन:  कोरोना संक्रमणका कारण चितवनमा थप पाँच जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना चितवनका र एक जना नवलपुरका छन् । भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको उपचारको क्रममा गएराति निधन भएको हो । यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् । कात्तिक १३ गते कोभिड पुष्टि भएका त...

गोरखाको शहिद लखन सहित ५ स्थानीय तहमा थपिए ३२ जना संक्रमित

गोरखाको शहिद लखन सहित ५ स्थानीय तहमा थपिए ३२ जना संक्रमित
गोररखा : गोरखामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ५  स्थानीय तहमा गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये जिल्ला प्रशासन कार्यालय गोरखाका २ जना कर्मर्चारीमा कोरोना पु्ष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित मध्ये गोरखाको शहिद लखन गाउँपलिाकाका चार जना रहका छन । वडा नम्बर २ का दुई जना, वडा नम्बर १ र ६ का एकर एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।