चितवन :  चितवनका स्क्रब टाइफस र डेंगुका बिरामी बढेका छन् । साउन १ गतेदेखि हालसम्म चितवनको मात्र ७९ जनामा स्क्रब टाइफस र २७ जनामा डेंगु देखिएको छ । चितवनमा उपचार गर्न आएका बाहिरी जिल्लाका ८६ जनामा स्क्रब टाइफस र ६ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिका सबै भन्दा बढीमा स्क्रबटाइफस र डेँगुका बिरामी देखिएका छन् । भरतपुरमा ४२ जना स्क्रब टाइफस र १५ जनामा डेंगु पाइएको छ । त्यस्तै खैरहनीका स्क्रब टाइफसका १० र डेंगुका ३ जना, माडीमा ७ स्क्रबटाइफस र १ डेंगु, रत्ननगरका १० स्क्रबटाइफस र ५ जना राप्तीमा स्क्रबटाइफसका ९ र डेंगुका १ जना रहेका छन् ।
कालिकामा भने स्क्रब टाइफसका बिरामी देखिएका छैनन् । १ जनामा डेंगु देखिएका छन् । कार्यालयका अनुसार यस बर्ष इच्छाकामनामा डेंगु देखिएको छैनन् । १ जनामा मात्र स्क्रब टाइफस देखिएको छ ।