राजनीति

पार्टी एकता टुंग्याउँन नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं :प्रमुख सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सचिवालय बैठक बुधबार बस्दै छ।  मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै बुधबारलाई सारिएको हो।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा विभागका नेतृत्व , पोलिटब्युरो गठनलगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ।  कसले कुन विभागमा बस्ने भन्ने रुचि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सोधिसकेका छन् र प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्किएपछि गृहकार्य गरेका कारण आज टुंगो लगाउन...

फेवाताल अतिक्रमण हटाउने सम्बन्धि अझै कार्यान्वयन नहुदाँ प्रम ओलीविरुद्ध अवहेलना मुद्दा

काठमाडौं : फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ । आजको नागरिक दैनिकमा खबर छ – अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री, पृथ्वी सुब्बा गुरुङ र प्रदेशमन्त्री विकास लम...

संघीय संसदमा कृषि समितिबाट भूमिसम्बन्धी आठौँ संशोधन विधेयक पारित

संघीय संसदमा कृषि समितिबाट भूमिसम्बन्धी आठौँ संशोधन विधेयक पारित
काठमाण्डाै - संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । समितिको बिहीबार सिंंहदरबारमा बसेको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पेश गरेको विधेयक समितिका सदस्यहरु, संशोधनकर्ता सांसदहरु र विज्ञहरुको सुझावसहित पारित गरेको हो । समितिका सदस्य, संशोधनकर्ता सांसदहरु र विज्ञहरुसहितको सुझावलाई समेटेर विधेयक पारित गरिएको समितिकी सभापति पूर्णाकुमारी सुवेदीले जानकारी दिनुभयो । उहाँले समितिले प...

आज नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस देशैभर मनाईदै

आज नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस देशैभर मनाईदै
काठमाडौं  : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पुष्पलाल श्रेष्ठले २००६ सालमा निरञ्जनगोविन्द वैद्य, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठसहितको नेपाल कम्युनिष्ट पार्टी गठन गर्नु भएको थियो । भारतको कोलकातामा पार्टी गठन भएको हो । विक्रम सम्वत १९८१ मा रामेछापको भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीका माइला छोराका रुपमा जन्मनु भएका पुष्पलाल प्रजातान्त्रिक आन्दोलनका शहीद गंगालालका भाई...

देउवाको चेतावनी : सदन अवरुद्ध मात्र होइन, सडक सङ्घर्षमा उत्रिन्छौ

देउवाको चेतावनी : सदन अवरुद्ध मात्र होइन, सडक सङ्घर्षमा उत्रिन्छौ
काठमाडौँ :  प्रमुख प्रतिपक्षीदल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन्। बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पारे ।   सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका देउवाले भने...

विप्लवलाई झड्का : प्रभावशाली नेता उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

विप्लवलाई झड्का : प्रभावशाली नेता उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ
काठमाडौं :  सकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख ९एसएसपी०सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गर्दै उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ जानकारी दिनुभयो । थापाका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको...

नेकपाको एकता मापदण्ड : साविककै केन्द्रीय सदस्यलाई नै जिल्लााको इन्चार्ज र सह–इन्चार्ज बनाउने

नेकपाको एकता मापदण्ड  : साविककै केन्द्रीय सदस्यलाई नै जिल्लााको इन्चार्ज र सह–इन्चार्ज बनाउने
  काठमाडौँ :  नेकपाले जिल्ला इन्चार्ज–सह इन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ । साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्जरसह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको कार्य्विभाजन गर्ने तयारी नेकपाले गरेको हो । यो मापदण्डमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी जुटिसकेको छ । अध्यक्षद्वय ओली र दाहालले यसअघि जिल्ला इन्चार्जको कार्य्विभाजनका लागि तयार पारेको प्...

गृहमन्त्री बादलले भने– विप्लवका सर्लाही इन्चार्ज दोहोरो मुठभेडमै मारिएका हुन्

गृहमन्त्री बादलले भने– विप्लवका सर्लाही इन्चार्ज दोहोरो मुठभेडमै मारिएका हुन्
काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नै भएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा घटनाबारे जवाफ दिंदै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्। गृहमन्त्री थापाले गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको मुठभेड हुँदा पौडल मारिएको दाबी गरेका छन् । मुठभेडको क्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको थापाको दाबी छ । यस्तो छ थापाले दिएको अभिव्यक...

कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध
काठमाडौं  :  विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनालाई लिएर गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसद अवरुद्ध गरेका छन् । विपक्षी सांसदहरुले कुमार पौडेल र सरोजनारायण यादवको मृत्युलाई लिएर सरकारको जवाफ माग गरेका थिए । गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको र यादव झडपका क्रममा मारिएको जवाफ दिएपछि विपक्षी सांसदहरुले विरोध गरेका छन् । उनिहरुले गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै संसद अवरुद्ध गरेका हुन् ।

सामाजिक संजालमा टिक्काटिप्पणीमा नउत्रिन इच्छाकामनाका नेता कार्यकर्तालाई नेता अधिकारीको आग्रह

सामाजिक संजालमा टिक्काटिप्पणीमा नउत्रिन इच्छाकामनाका नेता कार्यकर्तालाई नेता अधिकारीको आग्रह
कुरिनटार, १० असार । नेकपा नेता प्रकाश अिधकारीले जिल्ला कमिटीको विषयमा सामाजिक संजालमा टिक्काटिप्पणी नगर्न आग्रह गर्नुभएको छ । प्रदेश तीनका सदस्य समेत रहनुभएका अधिकारीले जिल्ला कमिटिको विषयलाई लिएर इच्छाकामनाका नेता कार्यकर्ताहरुले सामाजिक संजालमा टिक्काटिप्पणी गरेपछि यस्तो आग्रह गर्नुभएको हो । उहाँले चित्त नबुझेका विषयमा पार्टीभित्र छलफल गरिने बताउदैँ सामाजिक संजालमा टिक्काटिप्पणीमा नउत्रिन आग्रह गर्नुभयो । अहिले पार्टी संगठन संक्रमण कालमा नै रहेकाले कतीपय योग्य व्यक्तिहरु प...