कुरिनटार, १० असार । नेकपा नेता प्रकाश अिधकारीले जिल्ला कमिटीको विषयमा सामाजिक संजालमा टिक्काटिप्पणी नगर्न आग्रह गर्नुभएको छ । प्रदेश तीनका सदस्य समेत रहनुभएका अधिकारीले जिल्ला कमिटिको विषयलाई लिएर इच्छाकामनाका नेता कार्यकर्ताहरुले सामाजिक संजालमा टिक्काटिप्पणी गरेपछि यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले चित्त नबुझेका विषयमा पार्टीभित्र छलफल गरिने बताउदैँ सामाजिक संजालमा टिक्काटिप्पणीमा नउत्रिन आग्रह गर्नुभयो । अहिले पार्टी संगठन संक्रमण कालमा नै रहेकाले कतीपय योग्य व्यक्तिहरु पनि जिल्ला कमिटीमा समेट्न नसकिएको बताउनुभयो । पार्टी एकता हुदाँ योग्य व्यक्तिहरु सबैलाई समेट्न नसकिने र पार्टीले तोकेको विधि र मापदण्ड अनुसार नै इच्छाकामनाबाट जिल्ला सदस्य मनोनित गरिएको उहाँको भनाई छ ।
जिल्ला कमिटीमा नपरेकाहरुलाई अन्य कमिटीमा उचित जिम्मेवारी दिईने उहाँले बताउनुभयो । समग्र राष्ट्र, जनता र पार्टीको हितका लागि एक भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।